Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

  • नेपाल सञ्चार
  • १ दिन अगाडि

बागलुङ, माघ २६ । बागलुङमा यस वर्ष २ हजार ३ सय २ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार फागुन महिनालाई खोप महिनाको रुपमा अभियान संचालन गर्ने र सो अविधिमा बालिकाका लागि एचपिभि खोप अभियान संचालन गरिने भएको हो ।
विषेशगरी कक्षा ६ मा अध्यनरत कुल २ हजार २९१ छात्राछात्रा र विद्यालय बाहिर रहेका ११ जना गरी कुल २ हजार ३ सय २ जना बालिकालाई उक्त खोप प्रदान गर्न लागिएको हो ।

निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रविण शर्माले जानकारी दिनुभयो ।
खोप निर्देशिका बमोजिम तोकिएका उमेर समूहको कोही नछुटाउने यही फागुन फागुन १ गते देखी १५ गते सम्म जिल्लाका सवै स्थानिय तहमा खोप संचालन गरिने तयारी रहेको छ । जिल्लाका दश वटै स्थानिय तहका विद्यालय र विभिन्न खोप केन्द्रमा छुट्टा छुट्टै मितिमा खोप संचालन जनस्वास्थ्य प्रशासक शर्माले जानकारी दिनुभयो ।

जिल्लामा कुल १८३ सामुदायिक विद्यालय, ३४ वटा संस्थागत विद्यालय, ३ वटा अन्य विद्यालय गरी कुल २२० वटा विद्यालयका साथै अन्य समुदायिक स्तरका खोप केन्द्र गरी कुल २९७ वटा खोप केन्द्र मार्फत बालिकालाई खोप प्रदान गरिने छ ।

खोप संचालनका निम्ती २९७ जना स्वास्थ्यकर्मी र २९७ जना नै स्वयं सेवक खटिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यालय त्यस बाहेक नियमित खोप सेवा र छुटेका बालबालिकालाई पनि नियमित खोपमा जोड्ने काम गरिने जनस्वास्थ्य कार्यालयका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिनुभयो ।

गत वर्ष अभियानको रुपमा संचालन भएको यस खोप यस वर्ष देखी निरन्तर संचालनमा आएको छ ।गत वर्ष जिल्लामा ६ देखी १० कक्षा सम्म अध्ययनरत ९८ प्रतिशत र विद्यालय नजाने १० देखी १४ वषै उमेर समुहका ८५ प्रतिशत किशोरीलाई यो खोप प्रदान गरिएको खत्रीले जानकारी दिनुभयो ।

यस वर्ष जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वासथ्यकर्मीलाई खटाएको हो ।
बागलुङ केन्द्रीय खोप निर्देशिका बमोजिम नै फागुन महिनालाई खोप महिनाको रुपमा यो खोप संचालन गर्ने मिति तय भएको छ । बागलुङ नगरपालिकाभित्र फागुनको १० गतेदेखि १५ गतेसम्म, गलकोट नगरपालिकामा फागुन १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा १० देखि १२ गतेसम्म खोप संचालन गरिने भएको हो । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समय राखिएको छ ।

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइएको थियो । उक्त अवसरमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कक्षा ६ मा पढ्ने बालिका बाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्यांक छ । उनिहरुलाई नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था खोप लगाइने भएको हो ।

बागलुङ नगरपालिकाले भने केही दिनदेखि नै नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउनुपर्ने बालिकाहरुको खोजी गरेको थियो । बजार क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाई सरेर आउनेहरु खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले खोजी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

हरेक बर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक समेत गर्नुपर्ने प्रावधान छ । त्यसका लागि यो अभियानले साथ दिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
आगामी बैसाख महिनाभित्र सबै खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गरिनेछ । सबै पालिका पछि जिल्लालाई पनि घोषणा गर्ने लक्ष्यमा काम भैरहेको शर्माको भनाइ छ ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने शर्माले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो । यो भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन् । ती मध्ये सबैभन्दा बढी जोखिम प्रकारका प्रजातिहरू १६ र १८ हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले नागरिकको स्वास्थ्यभन्दा ठूलो अन्य केही नहुने भएकोले यो अभियान जारी रहने निर्णय गरेको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नबराज बराल र सहभागी पत्रकारहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम स्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

बागलुङमा सेतो रगत उत्पादन सुरु

बागलुङमा चुनाव खर्चका लागी उम्मेदवारले छुट्टै खाता खोल्दै

बागलुङका २९ वटा मतदानस्थल अतिसंवेदनशील

ताजा समाचार

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित
बागलुङमा दुई सय बढि एचआइभी संक्रमित
बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने
बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने
बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास
बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास
बागलुङमा सेतो रगत उत्पादन सुरु
बागलुङमा सेतो रगत उत्पादन सुरु
बागलुङमा चुनाव खर्चका लागी उम्मेदवारले छुट्टै खाता खोल्दै
बागलुङमा चुनाव खर्चका लागी उम्मेदवारले छुट्टै खाता खोल्दै

ट्रेन्डिङ

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

चोरीको रहस्य खुल्ने डरले विद्युत सुरक्षा गार्डको हत्या

गण्डकीमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङका २९ वटा मतदानस्थल अतिसंवेदनशील

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com