Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ , २६ माघ । बागलुङमा दुई सय बढि एचआइभी संक्रमित रहेका पाईएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार २ सय १९ जना मध्य १ सय १३ जना महिला, ९९ जना पुरुष, १५ वर्ष भन्दा कम उमेरका ३ जना बालिका, ४ जना बालक र १८ वर्ष भन्दा कम उमेरका २१ जना रहेकाे जनाएको छ ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सञ्चालित एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टरका अनुसार ४ जना यौनकर्मी, ३ जना लागुपदार्थ प्रयोगकर्ता, ७२ जना वैदेशिक रोजगारिबाट फर्किएकाहरु र १ सय ४० जना अन्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरले जानकारी दिनुभयो । घिमिरेका अनुसार हरेक वर्ष संक्रमितको संख्या बढ्दै गएपनि उनिहरु समाजमा विभेद, लान्छना र भेदभावका डरले खुल्न नसकेको बताउनुभयो ।

रोगले भन्दा पनि परिवार, मानिसहरुमा संक्रमण देखिएपछि नियमिति औषधी सेवन र चेकजाँचमा जत्ति समस्या देखिएको छ र पहिलो पटककै परिक्षण र रोगको पहिचान गर्नमा समस्या रहेको छ ।एचआइभीको परिक्षण भन्यो भने अहिले पनि मानिसहरु परिक्षण गर्न डराउने गरेको भन्दै घिमिरेले अन्य रोगको पहिचान र रोकथामका लागि स्वास्थ्य संस्थाले गर्दै आएको कार्यक्रम जस्तो सजिलो नभएको बताउनुभयो ।

पहिचान खुल्ने डरले संक्रमितहरु उचित परामर्श लिन समेत डराउने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । लान्छना र भेदभाव न्यूनिकरण कार्यक्रममा बोल्दै उहाँले नयाँ संक्रमण शून्य, भेदभाव र एडसबाट हुने मृत्यु शून्य पुर्याउने उद्देश्य अनुरुप यस सम्बन्धी जनचेतना जगाउने कार्यक्रमा लागि रहेको शर्माले बताउनुभएको थियो ।

शर्माले भन्नुभयो, सँगै बस्दैमा, खाना खाजा खाँदैमा, हास्दैमा बोल्दैमा एचआइभी नसर्ने भन्दै संक्रमित र उसको परिवारलाई हेर्ने दृष्टिमा परिर्वतन नभएका संक्रमितलाई समाजमा खुलेर हिड्न ग्राहो भएको छ ।एचआइभी संक्रमितसँग गरिएको असुरक्षित यौन सम्पर्कबाट मात्र सर्छ भन्ने आम मानिसको गलत बुझाई पनि संक्रमित खुल्न नसकेको प्रमुख कारण भएको शर्माको भनाई छ ।

एचआइभी सर्ने विभिन्न माध्यम र कारणहरु भएको भन्दै नियमिति औषधी सेवनले यसको संक्रमण सम्भावना समेत कम गर्ने शर्माले बताउनुभयो । एचआइभी संक्रमित व्यक्तिको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति कम हुने र अन्य रोगको संक्रमणका कारण मृत्यु हुनसक्ने भन्दै उहाँले नियमित औषधी सेवन गरे एचआइभी संक्रमण भएकै कारण मानिसको मृत्यु नहुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com