Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शैक्षिक अनुसन्धान तथा व्यवहारिक सीप विकासका लागि फास्ट फुड सेन्टर

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ , १३ चैत्र । बागलुङमा रहेको धवलागिरि बहुमुखी क्याम्पसका विद्याथीले शैक्षिक अनुसन्धान तथा व्यवहारिक सीप विकासका लागि फास्ट फुड सेन्टर सञ्चालन गरेका छन् ।
शैक्षिक अनुसन्धान तथा व्यवहारिक सीप विकासका धवलागिरी बहुमुखी क्याम्पसमा बि.बि.ए. अध्ययनरत विद्यार्थीहरुले बागलुङ कालिका भगवति गुठि व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेलाको अवसर पारि उनीहरुले फास्ट फुड सेन्टर सञ्चालन गरेका हुन ।

उक्त मेला चलिरहेको स्थानमा कोहीले खाजा बनाइरहेका छन् भने कोही ग्राहकलाई सेवा गरिरहेका छन् ।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला चैत १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्टल चलाएर संकलित रकम शैक्षिक अनुसन्धानका लागि प्रयोग गरिने र सिकाइका लागि पनि काम गरिएको समूहकी संयोजक रोजिता राजभण्डारीले बताउनुभयो ।

“नयाँ अनुभवका लागि पनि हो, अब आउने नयाँ विद्यार्थीको सिकाइ पनि होस् भन्ने उद्देश्यले हामी १९ जना साथीहरूले मिलेर प्रत्येक व्यक्तिबाट तीन हजार रुपैयाँ जम्मा गरेर कुल ५७ हजार रुपैयाँको लगानी गरेका छौँ,” राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार खाजा अर्डरको लागि फोनबाट समेत बुकिङ आउने गरेको छ ।

विद्यार्थीहरूले आफैं चिया, मःम, ससेज, यमरी, पकौडा, दुनोट, पानीपुरी, चटपट र अण्डा तरकारी बनाउने गरेका छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला सञ्चालन भइरहेको छ ।

किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा अनुभव गर्न मेलामा फास्ट फुड सेन्टर सञ्चालनमा ल्याएको राजभण्डारीको भनाइ छ ।

फास्ट फुड सञ्चालन गरेदेखि हरेक दिन नयाँ अनुभव भएको र खाजा खान आउने ग्राहकले पनि राम्रो प्रतिक्रिया दिने गरेको बि.बि.ए. पाँचौँ सेमेस्टरमा अध्ययनरत संकर रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com