बागलुङ ,२४ चेत्र । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पस भन्दा धवलागिरि बहुमुखी क्याम्पस अब्बल रहेको बताएका छन् ।
उनले छात्रवृत्ति कोष २०८० को रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस स्ववियु जस्तै अन्य स्ववियुले पनि सिक्न पर्ने बताए ।
सरकारले गर्नुपर्ने काम समाजबाट गर्नु परेकोमा दुख व्यक्त गरे । उनले अहिलेको समयमा प्रजातान्त्रिक आन्दोलनमा पनि लड्न पर्छ कि पर्दैन भन्ने विषय स्ववियुमा वहस हुन आवश्यक रहेको बताए ।
स्वतस्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस निर्वतमान स्ववियु अध्यक्ष सुदिप सागर कँडेलको संयोजकत्वमा देउसी भैलो खेली १ करोड ९ लाख ४१हजार ६सय ५१ रुपियाँ संकलन भएको निवर्तमान कोषाध्यक्ष सृष्टि आचार्यले जानकारी दिइन् ।
उक्त रकम धवलागिरि बहुमसुखी क्याम्पस संचालन समितिलाई हस्तान्त्रण गरिएको आचार्यले बताइन् ।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दिन बहादुर थापा लगाएतले शुभकामना मन्तब्थ व्यक्त गरेका थिए ।
छात्रवृत्ति कोषका सयोजक एवम् निवर्तमान स्ववियु सभापति सुदिप सागत कँडेल अध्यक्षता स्ववियु अध्यक्ष अश्मिन शेखको स्वागत निवर्तमान स्ववियु उपाध्यक्ष दिपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अक्षयकोष विशेषाङ्क धवलागिरि दर्पण पुस्तक सार्वजनिक गरिएको थियो
कार्यक्रममा सहयोगदातालाई सम्मान गरिको थियो ।













