Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ , चैत्र । बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ ।
बिहिबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमीफाइनलमा प्रवेशका गरेका छन् । यसअघि बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेल जित्दै गण्डकी प्रदेश प्रहरी सेमीफाइनलमा पुगिसकेको थियो ।

बिहिबारको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी आदर्श विद्यामन्दिर (एभिएम)लाई ट्राइबेकरमा ५–३ गोलले निराश बनाउँदै डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेट सेमीफाइनलमा प्रवेश गरेको हो ।
ट्राइबेकरमा गुठी युनाइटेडका आशिष गुरुङ, राहुल गुरुङ, सम्राट लिम्बु, उडोका र दिप कार्की गोल गर्न सफल भए । एभिएमका दिव्या विक्रम, युवराज ढकाल, माइकल मगरले गोल गर्दा रोनिश रजकको प्रहार गोल बारमा लागेर बाहिरिएको थियो ।

यस्तै, मर्दी युनाइटेड पैयु पर्वतको टोलीलाई १–२ गोलले पराजित गर्दै बागलुङ सुधार केन्द्र सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको १३ औं मिनेटमा टिकराज गुरुङले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दिलाएको अग्रता जोगाउन नसक्दा पराजयको पीडा बोक्दै मर्दी युटाइटेड घर फर्किएको छ । खेलको दोस्रो हाफमा बागलुङ सुधार केन्द्रका अभिषेक केसीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेलको इन्जुरी समयमा विशाल नेपालीले गोल गर्दै केन्द्रको जित सुनिश्चित गरेका थिए ।

बिहिबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबलाई ०–१ गोलले पराजित गर्दै गहते युवा क्लबले सेमीफाइलको यात्रा तय गरेको छ । गहतेको जितमा दिलिप थापाले २३ औं मिनेतमा निर्णायक गोल गरे ।

शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरी र दोस्रो खेलमा गुठी युनाइटेडले गहते युवा क्लबको सामना गर्ने प्रतियोगिताका म्याच कमिसनार सूर्य लामिछानेले जानकारी दिए । बागलुङ सुधार केन्द्र जेसीज कपको दोस्रो र गुठी युनाइटेड तेस्रो संस्करणको च्याम्पियन टोली हो ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजक जेसीज बागलुङ कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com