बागलुङ , १४ जेठ । भोलिदेखि हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा भएको छ ।
प्रदेश खेलकूद परिषद् कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा भोलि र पर्सि प्रतियोगिता हुने छ ।
प्रतियोगिता अन्तरगत कराँते काठेखोला गाउँपालिकामा सञ्चालन हुने छभने अन्य सबै खेल बागलुङ नगरपालिका भित्र सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ११ जिल्लाका ९५० जना खेलाडी सहभागि हुनेछन् । उनीहरुले ६ विधामा ३६ वटा खेल खेल्नेछन् ।
दुई दिनसम्म हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, टेक्वान्डो, उस्सु हुनेछन् ।
प्रतियोगिताबाट करिब १०० जना खेलाडीहरु आगामी २० गते काठमाण्डौमा हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगितामा २०० रेफ्री, ६० अफिसियल सहभागि हुनेछन् । कार्यक्रममा करिब ७० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।










