Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ, २१ जेठ । बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने धएको छ ।

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने सङ्गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबाट ४० भन्दाबढी कार्यपत्र प्रस्तुत हुने उहाँले बताउनुभयो । सङ्गोष्ठीमा प्रमुख वक्ताका रुपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनुहुने जनाइएको छ ।

सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालय मातहतका प्राध्यापक, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहने सहायक क्याम्पस प्रमुख गौतमले बताउनुभयो । “तीनवटा विश्वविद्यालय र मातहतका क्याम्पसबाट कार्यपत्र प्रस्तुतीका लागि ३० जना प्राध्यापकहरु सङ्गोष्ठीमा आउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिकाका विषयमा गहन रुपले बौद्धिक विमर्श हुनेछ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com