Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

  • नेपाल सञ्चार
  • १० मिनेट अगाडि

बागलुङ, २९ जेठ ।  बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास  गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बागलुङको आयोजनामा अभ्यासमा उद्दार, उपचार, व्यवस्थापन, राहत र पुनःस्थापना जस्ता चुनौतीपूर्ण पक्षलाई व्यवस्थित गर्ने उपायहरू प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालष् बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नवराज बरालले विपद् पूर्वको तयारी, उद्दार प्रक्रिया, स्वास्थ्य उपचार, सूचना र सञ्चार, राहात र पुनःस्थापना जस्ता पक्षलाई व्यवस्थित र सरोकारवालाई संवेदनशिल बनाउन यस प्रकारको अभ्यास गरिएको बताउनुभएको थियो ।

विपद् आउनुअघि आवश्यक उपकरण, तालिम र जनशक्ति तयारीमा राख्ने, नदी, खोला वा पहिरोमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा पुर्‍याउने तरिका, घाइतेलाई प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउने व्यवस्था, प्रभावितलाई तत्काल खाद्यान्न, पानी, वस्त्र र आश्रय उपलब्ध गराउने, विपद्पछि प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने र विपद् पूर्व र विपद्पछि समेत भ्रामक सूचना फैलिन नदिन प्रभावकारी सञ्चार व्यवस्थापन गर्नका लागि यस प्रकारको अभ्यास महत्वपूर्ण हुने निमित्त प्रजिअ बरालले बताउनुभयो ।

बागलुङ नगरपालिका–१ निरयघाटमा गरिएको अभ्यासमा कालिगण्डकी नदी थुनिँदा वा बाढीमा फसेका व्यक्तिहरुलाई कसरी सुरक्षित उद्दार गर्ने भन्नेबारे प्रत्यक्ष डेमो देखाइएको थियो ।
प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी तथा स्वयंसेवक, विद्यार्थी र सञ्चारकर्मीको संयुक्त सहभागितामा गरिएको अभ्यासले विपद् व्यवस्थापनमा बहु–संस्थागत सहकार्यको आवश्यकता स्पष्ट पारेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो । समयमै तयारी, संस्थागत सहकार्य र नागरिक सचेतनाले विपद् नियन्त्रणलाई सहज बनाउन सक्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

ताजा समाचार

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com