Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

  • नेपाल सञ्चार
  • ५ मिनेट अगाडि

बागलुङ, २६ साउन । बागलुङका महिलालाई साबुन बनाउने तालिम दिन सुरु गरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिले उद्यमीलाई साबुन बनाउन ५ दिने तालिम दिन सुरु गरेको हो ।
तालिममा उद्यमीले आफ्नो लागि उपयोग गर्ने साबुन, कपडा धुने सरफ तथा हात धुने वास समेत बनाउने छन् ।
उक्त तालिम २५ जना उद्यमीका लागि तालिम संचालन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले तालिमको उद्घाटन गर्दै तालिमबाट उद्यमी र उद्यमीबाट आत्मनिर्भर हुँदै सफल व्यवसायी बन्ने बाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले महासंघले पनि थप सीप विकासका लागि साथ र सहयोग गर्ने बताउनुभयो । हरेक प्रकारका उत्पादन स्थानीय रुपमा उत्पादन गर्न सकेमा आयात प्रतिस्थापन हुने र देश विकासका लागि पनि यहाँबाट टेवा पुग्ने कँडेलको भनाई थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले महिला उद्यमीलाई दक्ष बनाएर जिल्लाकै व्यवसाय बढाउने लक्ष्य राखेको बताउनुभयो । त्यसका लागि सबैखाले तालिम दिएर उद्यममा सक्रिय बनाउन पहल गर्ने बताउनुभयो । दक्ष उद्यमीलाई व्यवसाय थाल्न अप्ठ्यारो पर्दा सहुलियत ऋण दिने बैंकको खोजी गरेको उहाँले जानकारी दिनुभयो ।

उद्यम विकास समितिकी अध्यक्ष पिंगला जिसीले विभिन्न श्रोत संकलन गरेर १ लाख ३० हजार रुपैयाँमा ५ दिने तालिम सम्पन्न गर्न लागिएको बताउनुभयो । अन्य उद्यम गरिरहेकाले समेत तालिममा सहभागि हुन चासो राखेको उहाँले बताउनुभयो।

तालिममा सहजीकरण गर्न काभ्रेबाट ममता चौलागाई र विश्वास ढुंगेल प्रशिक्षकको रुपमा आएका छन् । उद्घाटन कार्यक्रम समितिकी अध्यक्ष पिंगला जिसीको अध्यक्षता, महासचिव रम्बादेवी शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

ताजा समाचार

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

ट्रेन्डिङ

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com