Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

इलामका दुग्धजन्य उद्योग सङ्कटमा

  • ७ वर्ष अगाडि

पशुपतिनगर, ५ फागुन । इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो ।

कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको उद्यमी दिनेश महतले बताउनुभयो ।

युरोपमा छुर्पी निर्यात गर्ने विभिन्न कम्पनीले पूर्वी नेपालका उद्योगबाट छुर्पी सङ्कलन गर्दै आएका छन् । पछिल्लो समय पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी ५० प्रतिशतले कम भएको छ भने निर्यात गर्दै आएका कम्पनीले पाँच महीनादेखि इलामका उद्यमीलाई भुक्तानी नपठाउँदा किसानले उधारोमा उद्योगलाई दूध बिक्री गर्दै आएका छन् । छुर्पी लगेपनि पाँच महीनादेखि कम्पनीले पैसा नदिँदा उद्योग सञ्चालनमै समस्या भएको फिक्कल डेरी उद्योगका प्रोप्राइटर दिनेश महतले बताउनुभयो ।

महत भन्नुहुन्छ, “छुर्पी निर्यातमा कमी के कारणले भएको हो भन्ने प्रमाण नभए पनि नेपाल खोरेतमुक्त देश नहुँदा रोग सर्ने भन्दै निर्यात नभएको सुनिन्छ ।” आठ वर्ष अघिदेखि युरोपमा कुकुरको आहारका लागि छुर्पी निर्यात भएपछि इलाममा छुर्पी उत्पादन गर्ने दुग्धजन्य उद्योग फस्टाएका थिए । छुर्पी निर्यात नभएर उद्योगमा आर्थिक सङ्कट आएपछि अहिलेसम्म इलाममा रहेका १० दुग्धजन्य उद्योग बन्द भएको व्यवसायी बताउँछन् । निर्यात कम हुनु र निर्यात कम्पनीले छुर्पी लगेपनि समयमा भुक्तानी नदिँदा बाँकी उद्योगले पनि कम मात्र प्रशोधन गरिरहेका छन् ।

‘कम्पनीले छुर्पी उद्योगबाट लगेपनि पाँच महीनासम्म दूधको भुक्तानी नपाएपछि उद्योग चलाउनै समस्या रहेको छ, दुग्धजन्य उद्योग सञ्चालक महत भन्नुहुन्छ, “मासिक रु १६ लाख किसानलाई ऋण काढेर दिँदा उद्योगमा आर्थिक सङ्कट परेको हो ।” महतले आफ्नो दुग्धजन्य उद्योगमा दैनिक चार हजार ५०० लिटरसम्म दूध प्रशोधन गर्ने गरेकोमा अहिले घटाएर एक हजार लिटर मात्रै प्रशोधन गर्दै आउनुभएको छ ।

मनोर हिमालयन हेण्डिक्राफ्टमार्फत इलामका उद्योगमा बनाइने छुर्पी युरोपका बजारमा जाने गरेको छ । तर, युरोपबाटै रकम ढिलो आउने गरेकाले समयमा भुक्तान गर्न नसकिएको कम्पनीले जानकारी गराउने गरेको महतको गुनासो छ ।

कुकुरको आहारका लागि बनाइने छुर्पीमा ‘फ्याट’ र गुलियो पनि नहुने भएकाले स्थानीय बजारमा बिक्री हुँदैन । स्थानीय बजारमा बिक्री नहुने, कम्पनीले लगे पनि भुक्तानी नगर्ने समस्याले ग्रामीण क्षेत्रमा रहेका थुप्रै दुग्धजन्य उद्योग बन्द भएको र बन्द हुने अवस्थामा पुगेको हिमाल चुली डेरी सञ्चालक रमेश तिम्सिनाले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार इलाममा ४२१ दुग्धजन्य र ललिपप उद्योग सञ्चालनमा रहेका छन् । यी बाहेक नगरपालिका र गाउँपालिकामा मात्रै दर्ता गरेर चलाउने उद्योग पनि धेरै छन् । अन्तर्राष्ट्रिय बजारको माग बढेपछि इलामको उत्तरी र पूर्वी गाउँमा किसानले आफैँ दुग्धजन्य उद्योग स्थापना गरी स्वरोजगार बन्दै आएका छन् ।

यी क्षेत्रमा एक वडामा २० वटासम्म दुग्धजन्य उद्योग खुलेका छन् । स्थानीय बजार र सीमापारि भारतीय बजारमा बिक्री हुँदै आएको छुर्पी अमेरिकालगायत देश जान थालेपछि राम्रो मूल्य पाए पनि अहिले उद्योगमा आर्थिक सङ्कट परेको छ । “छुर्पीको मूल्य राम्रो पाए पनि र दुग्धजन्य उद्योगका सञ्चालकले महँगोमा दूध खरीद गरे पनि अहिले बजार समस्याले उद्योग सङ्कटमा परेको उद्यमी भरतकुमार लामिछानेले बताउनुभयो ।

आन्तरिक बजारमा खपत कम हुने र अन्तर्राष्ट्रिय बजारमा निर्यात कम हुँदा उद्योगबाट छिटपुट मात्रै बिक्री हुने घिउछुर्पीको आम्दानीले व्यवसाय चलाउन कठिन भएको हो । इलामबाट मासिक ५० हजार किलो छुर्पी बाहिर देश जाने गरेकोमा हाल १० हजार किलो मात्रै जाने गरको छ । इलाममा वार्षिक ११ करोड ६० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये दुई करोड १९ लाख लिटर दूध दुग्ध विकास संस्थानले खरीद गर्दै आएको छ ।

बाँकी दूधको चिज, घ्यू, छुर्पी, ललीपप, कुराउनी उद्योगमा खपत हुने गरेको छ । विसं २०७२ को भूकम्पपछि काठमाडौँ, पोखरालगायत क्षेत्रमा घ्यू, छुर्पी र चिजको बिक्री नहुँदा मारमा परेका उद्यमी अहिले छुर्पीको निर्यातमा अन्तर्राष्ट्रिय बजारमा समस्याले उद्योगी मारमा परेको घरेलु तथा साना उद्योग विकास समितिका नासु खड्ग बस्नेतले बताउनुभयो । बजारमा आएको समस्याले उद्योगले किसानलाई दूधको भुक्तानी दिन सकेका छैनन् भने कार्यरत मजदूरलाई नियमित पारिश्रमिक पनि दिन सकेका छैनन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com