काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।