Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बजारका सिसी क्यामेरा काम बिहिन

  • ४ वर्ष अगाडि

बागलुङ, पुस ९ । बागलुङ बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा जडान गरिएका सिसी क्यामेरा प्रयोग बिहिन बनेका छन् । आवश्यक मर्मत सम्भारको अभावमा चार वर्ष अगाडि उद्योग बाणिज्य संघ बागलुङको पहलमा जडान गरिएका २६ सिसी क्यामेरा मध्य १६ वटा सिसी क्यमेरा प्रयोग बिहिन बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा कन्ट्रोल रुम राखी व्यवसायीक महत्वका चोकहरुमा सिसी क्यामेरा जडान गरिएको थियो । सिसी क्यामेरा जडानपछि बागलुङ बजारको शान्ति सुरक्षामा व्यवस्थापनमा केही सहज भएपनि अहिले विग्रीएपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सिसी क्यामेराको जडानपछि बजारमा भएका केही चोरीका घटनाहरुमा समेत दोषी पत्ता लगाउन सहज भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका पमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जडान गरिएका २६ वटा क्यामेरा मध्य १६ वटाले काम नगरेको बताउनुभयो । बजारको विभिन्न क्षेत्रमा तथा मुख्य प्रवेश क्षेत्रमा जडान भएका क्यामेराले काम गर्न छोडे पछि दशै, तिहार जस्ता चाडपर्वमा चोरी, डकैती जस्ता अपराधजन्य गतिविधि रोकथाम र अनुसन्धानमा समस्या हुने सम्भावना देखिएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय नजिकैको चोकमा रहेका दुई, हल्लन चोकमा रहेका दुई, अदालत चोकमा रहेको एक, लोकतान्त्रिक चोकमा रहेका दुई, धौलागिरी चोकमा रहेका एक, जिपपार्कमा रहेको दुई, श्रीनगर टोलमा रहेको एक, शिवधारा चोकमा रहेका दुई, लालिगुँरास चोकमा रहेका दुई, देउराली चोकमा जडान गरिएको एउटा सिसी क्यामेरा र ब्याकअप टिभीले समेत काम नगरेको प्रअरी प्रमुख रेग्मीले बताउनुभयो ।
सिसी क्यामेरा मर्मतका लागि तीन लाख ५० हजार रुपियाँ भन्दा बढी खर्च हुने भएकाले खर्च व्यवस्थापनको अभावमा क्यामेरा मर्मत गर्न नसकिएको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki