Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

हावाबाट उत्पादित बिजुलीले सहज

  • ४ वर्ष अगाडि

बागलुङ, पुस ९ । मुस्ताङ जिल्ला सदरमुकाम जोमसोम बजारमा हावाबाट उत्पादन गरिएको बिजुलीले दैनिक प्रशासनिक काम गर्न सहज भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली उत्पादन गर्ने घोषणासँगै नमुनाको रुपमा हावाको शक्तिबाट उत्पादन गरिएको विजुलीले दैनिक प्रशासनिक काम गर्न सहज भएको हो ।
बुद्ध पावर कम्पनीले नमुनाको रुपमा जिल्ला प्रहरी कार्यालय मुस्ताङको परिसरमा हावाबाट उत्पादिन विद्युतले जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण प्राविधिक कामहरु भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो । हावाको प्रवाहबाट घुम्न मिल्ने दुईवटा पंखाको प्रयोग गरी ट्रवाइन घुमाएर पाँच किलोवाट क्षमताको विद्युत उत्पादन भइरहेको खड्काले बताउनुभयो ।
कार्यालयका विद्युतका लागि केन्द्रीय प्रशारण लाइन जोडिएपनि लोडसेडिङ, विद्युत अनियमितता हुँदा हावाबाट उत्पादन भएको विजुलीबाट २४ घण्टा नै दसवटा कम्प्युटर, तीन वटा प्रिन्टर, फोटोकपी चलाउँन तथा २५ वटा बक्ति बाल्न तथा जाडोको बेला कोठाको तापक्रम बढाउँन समेत प्रयोग भइरहेको खड्काले बताउनुभयो । दुई वटा खम्बामा स्पेनिस प्रबिधिको प्रयोग गरी दुईवटा ट्रवाइन र सातवटा प्यानल सोलार जडान गरिएको छ ।
दिनभरि सौर्य उर्जा र हावाबाट चलेका ट्रवाईनले उत्पादन गरेको बिद्युतले रातभरि कार्यालयका सबै कोठा र परिसरमा समेत झलमल्ल बत्ति बाल्न पुग्ने गरेको छ । बुद्ध पावर कम्पनीका संस्थापक स्पेनिस नागरिक सफेल मिनास पिच र पर्वतका पुष्प तिमिल्सिनाले उक्त आयोजना निर्माणका लागि लगानी गरेका थिए ।
मुस्ताङको कागबेनीमा यस अगाडिपनि हावाबाट विद्युत उत्पादन गरिएको भएपनि प्राविधिक समस्याका कारण केही समय चलेर विग्रीएकाले हावाको गति अनुकुल ट्रवाइन जडान गर्न सकने धेरै ठाउँमा विद्युत उत्पादन गर्न सकिने मुस्ताङका सांसद प्रेम तुलाचनले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त आयोजनाबाट नियमित राम्रोसँग विद्युत उत्पादन भइरहेकाले मुस्ताङका अन्य ठाउँमा पनि यस्ता आयोजनाहरु सञ्चालनमा ल्याउन सकिने तुलाचनको भनाई छ । ‘प्रधानमन्त्रीज्यूले हावाबाट विजुली उत्पादन गर्ने कुरा चर्चामा छ, सरकारले ध्यान दिन सक्ने हो भने मुस्ताङका दर्जनौं ठाउँमा हावाबाट विजुली उत्पादन हुन सक्छन् ।’ तुलाचनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki