Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुत्केरीले यातायात खर्च पाएनन्

  • ८ वर्ष अगाडि

फिदिम, ३० पुस । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन ।

नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुन्नुभएका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने भन्नुभयो ।

लकान्द्रीजस्तै पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महीना बित्यो । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले विगत दुई महीनादेखि यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार ४०० यातायात खर्च प्रदान गर्ने गर्दथ्यो । चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा ग¥यो । सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी ग¥यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले गत मङ्सिरदेखि यातायात खर्चबापतको रकम प्राप्त गर्न नसकेको पाँचथर जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेण्ट डा वुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

माथिल्ला निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आँउने महिलालाई रु दुई हजार ८०० यातायात खर्च वितरण गर्न थालेको थियो पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो । अस्पतालले चालू आवको साउन, भदौ, असोज र कात्तिक महीनामा सुत्केरी गराएबापत महिलालाई रु दुई हजार ८०० का दरले रकम वितरण गरेको थापाले बताउनुभयो । प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको थापाको भनाइ छ ।

पाँचथर जिल्ला अस्पताल वितगदेखि नै प्रसूति र महिला स्वास्थ्य सेवाका लागि चर्चित छ । विगतमा डा पवनजङ्ग रायमाझी, डा पवनकुमार शाहलगायत चिकित्सकले सेवा दिएको अस्पतालमा अहिले महिला तथा प्रसूतिसम्बन्धी विशेषज्ञ डा वुद्धिबहादुर थापाले सेवा दिइरहनुभएको छ । यहाँ मासिक ९० देखि १०० महिला सुत्केरी गराउन आउने गरेको डा थापाले बताउनुभयो । जसमध्ये १५ देखि २० को अस्पतालमै शल्यक्रिया हुने गरेको छ ।
रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

आईफोन पचाउन साथीको हत्या

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com