Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

  • सुशीला रेग्मी
  • ७ वर्ष अगाडि

बेझाड, ३० पुस । तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गर्नुभएको छ ।

समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले हातले कुदेका कलात्मक तामाका भाँडा बनाउने गरिन्छ ।

उहाँको उद्योगमा तामाका भाँडा बनाउने र खरीद गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । अहिले नयाँ नमुनाका तामाका गाग्री, ताउलो, अमखोरा, माना, पाथीलगायत सामान ग्राहकले बढी मन पराउने गरेको उहाँले बताउनुभयो ।

“तामाका भाँडा बनाउने उद्योग सबै बन्द अवस्थामा छन्, त्यसलाई पुनःसंरक्षण गर्न र तामाका भाँडा घर घरमा चलनचल्तीमा ल्याउनका लागि उक्त उद्योग संचालन गरेको हुँ” पोखरेलले भन्नुभयो ।

पोखरेलले एक वर्षअघि रु ३० लाखको लागतमा सञ्चालन गर्नुभएको उक्त उद्योगबाट तीन जनालाई रोजगारीसमेत मिलेको छ । यहाँ उत्पादन भएका तामाका गाग्री, ताउलो, अमखोरालगायत सामान प्रतिकिलो रु एक हजार ३०० देखि एक हजार ६०० का दरमा धमाधम बिक्री भइरहेको छ । ग्राहकको मागअनुसार हातले कुदेर नयाँ नमूनाका विभिन्न तामाका भाँडा बनाउने गरेको कालीगढ प्रेम सुनारले जानकारी दिनुभयो ।

“ग्राहकले जस्तो बनाउन अर्डर दियो त्यस्तै खालका हातले मात्र कुदेका तामाका गाग्री, ताउलोलगायत सामान बनाउने गरेको छु, धेरैले मन पराउने गरेका छन्”, सुनारले भन्नुभयो ।

उहाँले बाउबाजेको पालादेखि तामाको भाँडा बनाउने सीप सिक्नुभएको हो । गाउँघरमा तामाका भाँडा बनाउने उद्योग नै विस्थापित हँुदा यो पेशा पनि मासिदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हातमा सीप छ तर गाउँमा भएका तामाका उद्योग सबै बन्द भए, बीचमा केही समस्या प¥यो, तर अहिले भने यहाँ उद्योग सञ्चालन भएपछि काम गर्ने अवसर मिलेको छ”, सुनारले भन्नुभयो ।हातले नै कुदेर बनाएको सामान भएकाले ग्राहकले गाउँघरमा पुराना भाँडासँग साटेर नयाँ नमुनाका तामाका भाँडा लैजाने गर्छन् ।
टाढाटाढाबाट ग्राहक पुराना भाँडा बोकेर उद्योगमा आउने गर्छन् । पछिल्लो समय घर घरमा तामाका भाँडा सजाएर राख्ने चलन पनि बढ्दै गएको छ । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हँुदै गएका हुन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् ।

यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाका भाँडाको सट्टामा स्टिल र प्लाष्ट्रिकका भाँडाको प्रयोगले गर्दा तामाका भाँडा बनाउने उद्योग विस्थापित हुन पुगेका हुन् । आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु र तामाका सामग्रीको उपयोग कम हुँदै जानुजस्ता कारणले यस्ता सामग्री विस्थापित हुन पुगेको हो ।
घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन कहीँकतैबाट पहल भएन् । पाल्पा जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने अवसर पनि थियो त्यो अवसरलाई कुनै निकायले जोगाउन नसक्दा यतिखेर हराउन पुगेको पुराना उद्यमीको भनाइ थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ यस्ता उद्योग संरक्षण र विकासका लागि आफूले प्राथमिकता दिने बताउनुभयो ।

झडेवाको बगाले, हुमिन, रुप्से, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, ख्याहा, ताहुँजस्ता २० भन्दा बढी साविकका गाविसमा सञ्चालित उद्योगमा झण्डै एक हजारलाई रोजगारी मिलेको स्थानीयवासीले बताए । अहिले व्यवसाय नै हराउँदै गएपछि गाउँमा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com