Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

एक घण्टा हिँडेर खानेपानीको जोहो

  • ४ वर्ष अगाडि

हुम्ला, ३० पुस । सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ ।

त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक घण्टाको दूरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पु¥याउनुपर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्न घरमा नै बस्नु परेको स्थानीय चुनर्बु फडेराले बताउनुभयो ।

गत वर्ष सामुदायिक विकास कार्यक्रमले एक दिन टाढापर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भए पनि वनस्पतीको पात र फोहरले मुहान थुनिने समस्याका कारण खानेपानीको आपूर्ति राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएको फडेराले बताउनुभयो ।

गाउँमा खानेपानीको धारा त बने पनि मुहानको ट्याङ्की छोप्न जालीलगायतका अन्य सामग्री नहुँदा रुखका पातले पाइपलाई बन्द गरिदिने समस्याले उपभोक्तालाई पानीको आपूर्तिमा समस्या भएको अर्का स्थानीय गोले फडेराले बताउनुभयो । हरेक दिन एक जना पानीको मुहान सफा गर्न मुहानतर्फ जानुपर्ने बाध्यता माथिल्लो उनापानीका बासिन्दाका लागि दिनचर्या नै बन्ने गरेको छ ।

जङ्गलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानीयको भनाइ छ । “एक्लै जान पनि समस्या छ, भिरको बाटोमा लडिने अनि हिँड्दा ढिलो भएमा घर नपुगिने अवस्थाले दुईदेखि तीन जनाको समूहमा पानीको मुहान सफा गर्न जाने गरेका छौँ, हरेक दिन मुहान सफा गर्न साह्रै कठिन भएको छ”, उहाँले भन्नुभयो ।

खानेपानी नहुँदा पशुवस्तुलाई एक घण्टा लगाएर खानेपानी भएको खोलामा पु¥याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउन अझ समस्या छ । एक जनाले खानेपानी ओसार्ने अनी अर्कोले पशुवस्तुका लागि पानी खुवाउनुपर्ने अवस्था रहेको छ ।

“कपडा धुन आधा घण्टाको दूरीमा रहेको तल्लो उनापानीको तातोपानी भएको खोलामा गएर धुन्छौँ, फर्कंदा आधा घण्टा लाग्छ”, फडेराले भन्नुभयो । पानीको अभावले व्यक्तिगत सरसफाइमा पनि सङ्कोच अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पानीलाई सुन जस्तै मानेर फारो गरेर चलाउनुपर्ने अवस्था छ । गाउँपालिका र वडापालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै गुनासो नभएको स्थानीयको गुनासो छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki