Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रामपुर उपत्यकामा प्याराग्लाइडिङ

  • ५ वर्ष अगाडि

बेझाड, १ माघ । पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो ।

रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

“रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ,” उहाँले भन्नुभयो । छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताउनुभयो । “यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,” उहाँले भन्नुभयो, “यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।”

रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाइडिङको हबका रुपमा चिनाउन अभियान थालिने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “पूर्वाधार विकास गरी रामपुरलाई पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडान सेवा सञ्चालन गर्नयोग्य बनाउँछौँ, नगरपालिकाले प्रक्रिया अगाडि बढाउँदैछ”, उहाँले भन्नुभयो । उहाँ आफैँले प्याराग्लाइडिङमा यात्रा गरेपछि ध्यान केन्द्रित भएको बताउनुभयो । नागबेली आकारमा बगेको कालीगण्डकी, हरियाली डाँडाकाँडा, सुन्दर रामपुर उपत्यका, उत्तरतर्फ टल्केका हिमालको दृश्यसँगै प्याराग्लाइडिङमा यात्रा गर्दा निकै रमाइलो भएको पहिलो प्याराग्लाइडिङका यात्रु रामपुर नगरपालिका–६ का सीताराम आचार्यले बताउनुभयो ।

रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन् । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहँुदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ । अब छिट्टैनै प्याराग्लाइडिङ सञ्चालनको काम अगाडि बढाउन थालेपछि पुनःबस्ती भरिने वडा नं ७ का वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउनुहुन्छ । दुई वर्ष अघि राष्ट्रिय समाचार समितिमा ‘प्याराग्लाइडिङको प्रचुर सम्भावना बोक्दै बाहुनडाँडा क्षेत्र’ समाचार प्रकाशित भएपछि यसबारे खोजीनीति गरिएको हो । सरकारीस्तरको टोलीले यहााको अध्ययन अवलोकन गरी प्याराग्लाइडिङका रुपमा विकास गर्न सकिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । दोस्रो रामपुर महोत्सवमा सोमबार दिनभर सबैको ध्यान प्याराग्लाइडिङले आकर्षित गरेको थियो । रामपुरको पर्यटकीय विकासमा टेवा पु¥याउनका निम्ति मेलाका अवसरमा प्याराग्लाइडिङ भित्र्याइएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com