Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चिनसँग जोडिएको आठवटा नाका खोल्ने तयारी

  • ७ वर्ष अगाडि

बागलुङ, माघ २२ गते । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चीन जोडिएको आठवटा नाका खोल्ने तयारी गरेको बताउनुभएको छ । नेपाल र भारत बीचको सबैभन्दा छोटो कालिगण्डकी करिडोरलाई १० मिटर चौडा गर्ने कामको सुभारम्भ गर्दै मन्त्रीद्वयले लामो समयदेखि चर्चामा रहेका नाकाको ढोका खोल्ने तयारी गरिएको बताउँनुभएको थियो ।

करिडोरको बागलुङ–गुल्मी खण्डलाई १० मिटर चौडा गर्ने योजना अनुसार बागलुङ नगरपालिका वडा नं. १३ कालाखोलामा रहेको अप्ठ्यारो पहरोमा बम फिस्फोट गराएपछि बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल एउटा मुलुकसँग मात्र निर्भर हुँदा नाकाबन्दीका बेला धेरै अप्ठ्यारोमा पर्नुपरेकाले उत्तरी मुलुकसँग जोडिएको नाकाको ढोका खोल्ने तयारी गरिएको बताउनुभएको थियो ।

मन्त्री ज्ञवालीले कालिगण्डकी करिडार लगायत नेपालले राष्ट्रिय गौरवको योजनाको रुपमा रहेका करिडोरहरुलाई व्यवस्थित रुपमा अन्र्तराष्ट्रिय स्तरका सडकको रुपमा विकास गर्ने योजना अनुसार सरकारले बजेटको कमी हुन नदिनेगरी काम गरिरहेको बताउनुभयो । ‘हाम्रा दुई छिमेकी मुलुक चिन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक र भारत छैठौ ठूलो अर्थतन्त्र भएको मुलुकलाई जोड्नेगरी नेपालले निर्माण गर्न लागेको कालिगण्डकी करिडोर आर्थिक करिडोर समेत भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाएका छौं ।’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

बुद्धको जन्मस्थल लुम्बिनी आउने चिनियाँ बौद्धमार्गी तथा मुक्तिनाथको दर्शन गर्न आउँने भारतीय हिँदुधर्मावलम्बीहरुले परम्परागत रुपमा पैदल यात्राका लागि प्रयोग गर्दै आइरहेको सडकलाई अन्र्तराष्ट्रिय करिडोरको रुपमा विकास गर्न लागिएकाले यसले नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने मन्त्री ज्ञवालीको भनाई थियो । ‘यो सडक आसपास बौद्ध मार्गीहरुका लागि पुज्य लुम्बिनी, मुक्तिनाथ, बराह क्षेत्र, पशुपति क्षेत्र, रुरु क्षेत्र, मुक्तिक्षेत्र, सेतीवेणी क्षेत्र, जैमिनी क्षेत्र लगायतका धार्मिक स्थलहरु रहेकाले चिनियाँ र भारतीय पर्यटकहरुलाई सहज हुनेगरी करिडोरको विकास गरिएको छ ।’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

सडक निर्माणपछि ठूला ठूला कन्टेनरहरु भारतबाट चिन र चिनबाट भारततर्फ जाने भएकाले यी कन्टेनरमा कसरी आफ्नो उत्पादन बिक्री गर्ने भन्ने बारेमा सोच्ने गरी सरकारले योजना बनाएको भन्दै मन्त्री ज्ञवालीले प्रदेश सरकार र स्थानीय सरकारलाई सोही अनुसार लाग्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारले सुखी नेपाली समृद्धि नेपालको नाराका साथ काम अगाडि बढाइरहेको भन्दै मन्त्री खतिवडाले जोखिम हुने खालका योजना सम्पन्न गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com