Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जैमिनीको केन्द्रमा पक्की सडक बनाउँने काम

  • ७ वर्ष अगाडि

बागलुङ, माघ २२ गते । दक्षिण बागलुङको व्यापारिक केन्द्रको रुपमा परिचित जैमिनी नगरपालिकामा पहिलोपटक पक्की सडक निर्माण थालिएको छ । नगरपालिकाले नगरको केन्द्र कुश्मीसेरा बजार र बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारलाई जोड्ने सडकलाई पक्की बनाउँन थालेको हो ।

एक दशक अगाडिनै ट्रयाक खुलेको बागलुङ–कुश्मीसेरा खण्डको मुख्य सडक वर्षाद्को समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाई हुने गरेकाले योजना बनाएर सडक कालोपत्रे गर्ने कामको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिलो चरणमा सडक कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र मानेर उक्त सडक खण्डको भव्रिखेतदेखि जुम्लीखोलासम्मको सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त एक करोड रुपियाँ र नगरपालिकाको साझेदारी एक करोड रुपियाँ गरी दुई करोड रुपियाँको लागतमा उक्त खण्डको एक हजार छ सय मिटर सडक कालोपत्रे गर्नका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको शर्माले बताउनुभयो । बागलुङ–कुश्मीसेरा सडक खण्डको २१ किलोमिटर मध्य बागलुङ नगरपालिका भित्र पर्ने चार किलोमिटर कालोपत्रे र कुश्मीसेरा नजिकैको जुम्लीखोलामा ३७ मिटर ढलान सडक बाहेक अन्य सडक कच्ची अवस्थामा रहेको छ ।

नगरको केन्द्रदेखि केही तल भएर जाने कालिगण्डकी करिडोर केही वर्ष भित्रै कालोपत्रे हुनेगरी काम भइरहेको र नगरपालिकाको केन्द्र कुश्मीसेरा बजार भित्र स्थानीयको ४० प्रतिशत र नगरपालिको ६० प्रतिशत लगानीमा सडक कालोपत्रे गर्ने योजना भएकाले त्यहाँदेखि करिडोरसम्मको सडक कालोपत्रे गरेर सदरमुकामसम्म सहज यातायातको प्रबन्ध गर्न लागिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो ।

‘हामीले बजारभित्र र आसपासको सडक उपभोक्ता समितिमार्फत कालोपत्रे गर्ने योजनामा छौ, झण्डै एक किलोमिटर सडकको लागि नगरपालिकाले उपभोक्ताहरुसँग सहकार्य गरेर थोरै भएपनि हाम्रो जैमिनीमा कालोपत्रे सडक छ भन्ने बनाउँछौं ’ नगरप्रमुख पौडेलले भन्नुभयो । बागलुङमा रहेका चारवटा नगरपालिका मध्ये जैमिनी नगरपालिका मात्रै कालोपत्रे सडक विहिन नगरपालिका हो । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाका केही सडक कालोपत्रे भएका छन् भने गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएको छ ।

नगरपालिकाका उपप्रमुख लिला रानाले बागलुङ–कुश्मीशेरा सडक खण्डको सरङ्गेसम्मको सडकलाई कालोपत्रे बनाउने बनाएर नगरपालिका अगाडि बढेको बताउनुभयो । एशियाली बिकास बैंकको सहयोगमा एक दशक अगाडि ट्रयाक खुलेको बागलुङ–कुश्मीशेरा सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएका कारण बागलुङको दक्षिणका जनताले कष्टपूर्ण यात्रा गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com