Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

  • ४ वर्ष अगाडि

बेझाड, २ फागुन । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ ।

आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उहाँले जानकारी दिनुभयो ।

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उहाँको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन् । “चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ”, गैरेले भन्नुभयो । दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर उहाँ आम्दानी गर्नुहुन्छ ।

दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको उहाँ गैरेले बताउनुभयो । प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ । “पहिला निकै दुःख थियो आयस्रोत नहँुदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ”, उहाँले भन्नुभयो । गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुनुहुन्छ ।

रु सात लाख खर्चिएर व्यवसाय शुरु गर्नुभकामा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरिसक्नुभएका गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताउनुभयो । गोठको क्षेत्रफल बढाएर ५०÷६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु उहाँले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki