Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल

  • कृष्ण दर्नाल
  • ७ वर्ष अगाडि

पाल्पा, २ फागुन । प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ ।

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो ।

नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो । रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ । उनीहरु महलसहितको तस्वीर लिन व्यस्त देखिन्छन् ।

राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रुपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो । रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको छ ।

तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशम्शेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा विस १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो । तेजकुमारीको विसं १९४९ मा निधन भएपछि खड्गशम्शेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ ।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुशी साटासाट गर्नका लागि युवायुवती हजारौँको सङ्ख्यामा आउने गरेको बताउँछन् । पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ ।

रानीमहल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको बताउनुभयो । रानीमहलमा पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ ।

रानीमहल घुमफिरका लागि यहाँ प्रायः एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ । रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ । दरबारको बायाँतर्फ शितलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ । बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ । यस महलको पूर्वतिर खड्गशम्शेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशम्शेरका कोठाहरू रहेका छन् ।

त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ । रानीमहललाई पछिल्ला वर्षमा प्रेमको प्रतीकको रुपमा प्रचारप्रसार हुन थालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रुपमा बदलिएको छ । उत्तर बाहिनी हुँदै कालीगण्डकी नदी यस क्षेत्र हुँदै बग्ने भएकाले धार्मिक महत्वसमेत रहको जानकार बताउँछन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com