Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बन्ने भो रुपातालमा बाँध

  • भीमपाणि बराल
  • ७ वर्ष अगाडि

लेखनाथ, ५ फागुन । ‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ…….’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले रङ्ग फेर्ने भएकाले यसको नाम रूपाताल राखिएको हो ।

तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर रहे पनि अहिले १०७ हेक्टरमा सीमित भएकाले दक्षिणपट्टी ५७२ मिटर लामो बाँध निर्माण गरेपछि क्षेत्रफल वृद्धि भएर १८३ हेक्टर हुने अनुमान गरिएको छ ।

बाँध निर्माणका लागि मुआब्जा दिन अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई रु २५ करोड उपलब्ध गराएको र मुआब्जा पनि वितरण गरिएपछि बाँध निर्माण गर्न लागिएकोे रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो ।

तालको दक्षिणपट्टी सिस्ठेनी टुडाबाट सुवेदी टुडासम्म जमीनको सतहसहित छ मिटर उचाइको पक्की बाँध निमार्ण हुने भएपछि अहिले भइरहेको पानीको सतह तीन मिटर बढ्नेछ भने तालको औसत गहिराई तीन मिटरबाट बढेर साढेचार मिटर पुग्ने विश्वास गरिएको छ ।

बाँध निर्माणका लागि सर्भेक्षणको काम भइरहेको र पहिलो चरणमा ताल क्षेत्रभित्र रहेको ८५५रोपनी जग्गा अधिग्रहण गर्न दक्षिणपट्टी १९० रोपनी र तालको माथिल्लो भाग तालबेंसीतर्फ ६६५ रोपनी जग्गाको प्रति रोपनी रु १२ लाख ९३ हजार र आठ लाख ६२ हजारका दरले मुआब्जा वितरणको काम भइरहेको प्रमुख अर्यालको भनाइ थियो ।

विसं २०५८ मा तालको संरक्षण र ताललाई आयआर्जनसमेत गर्ने लक्ष्यका साथ रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी सस्थाले प्रस्तुत गरेको योजनालाई स्थानीयवासीले अघि बढाउन पहल गरेकाले बाँध निर्माण सहज भएको रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिनुभयो ।

बाँध निर्माण पछि रूपाताललाई पर्यटन केन्द्रका रूपमा विकास गर्न याहाँ पानीमा खेलिने खेल, पिकनिकस्थल, ‘फल्टिङ रेष्टुरेण्ट’, बाल उद्यान र सभा कक्ष निर्माणलगायत अन्य पर्यटकीय गतिविधिका संरचना पनि निर्माण गरिने लक्ष्य राखिएको छ ।

दुईवर्ष अगाडि सिँचाइमन्त्री दीपक गिरीले शिलान्यास गर्नुभएकोे सो बाँधका लागि रू चार अर्ब ५१ करोड खर्च लाग्ने अनुमान छ । बाँध निर्माणको प्रारम्भिक चरण पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्नको काम भइरहेकाले यसै आर्थिक वर्षभित्र बोलपत्र आह्वान भई आगामी आर्थिक वर्षदेखि निर्माण गरिक्ने आयोजनाको लक्ष्य छ ।

अहिले माथिल्लो तटीय क्षेत्रमा भूःसंरणका लागि खोला नियन्त्रण र ताललाई पुरिनबाट जोगाउन बीचमा तीन पानी पोखरी निर्माणको काम समेत भइरहेको छ ।

बाँध निर्माण हुने भएपछि लेखनाथ नगरक्षेत्रका उद्योगी व्यवसायी पनि उत्साहित भएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस क्षेत्रकै गहनाका रूपमा रहेका ताल संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकाले यहाँ रहेका अन्य ताल पनि संरक्षणका योजना ल्याउनुपर्ने सुझाव दिनुभयो ।

रूपाताल संरक्षणका लागि तात्कालिन लेखनाथ नगरपालिकाले पहल गरिरहेकामा अहिले आएर आशाको किरण पलाएको छ भन्दै पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीले स्थानीय सरकारको सीमित साधन र स्रोतले तालमा बाँध बाध्न नसकिने अवस्था थियो तर अहिले सिङ्गो सरकार नै लागि परेकाले बाँध निर्माण हुने भएको र यसमा महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

रूपातालमा बाँध निर्माण हुने भएपछि लेखनाथ नगरका होटल तथा पर्यटन व्यवसायी पनि खुशी भएका छन् । लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसिएशनका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जैविक विविधता र विभिन्न प्रजातिको जिव–जन्तुको वासस्थान रहेको रूपातालको संरक्षण गर्दै यसमा पर्यटकीय गतिविधि बढाउन तालमाथि बञ्जिजम्पलगायत अन्य योजना पनि अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । रूपातालमा बाँध निर्माण हुने खबर सुनेपछि स्थानीयवासी पनि खुशी भएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com