Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

छिस्तीको केवै गाउँ शोकमा

  • ८ वर्ष अगाडि

बागलुङ, फागुन ८ गते । गाउँ नजिकै रहेको विद्यालयको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएर घर फर्कदै गरेका बालिकाको मृत्युपछि छिस्तीको केवै गाउँ शोकमा डुवेको छ । मंगलबार साँझ जैमिनी नगरपालिका वडा नंं ८ छिस्तीमा स्थित जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर घर फर्कदै गरेका बालबालिका र अभिभावक सवार जिप दुर्घटना हुँदा एउटै गाउँका चार जनाको मृत्यु भएपछि केवै गाउँ शोकमा डुवेको हो ।
दिनभर वार्षीकोत्सवको रमाईलोमा भुलेका विद्यार्थी, अभिभावक र शिक्षक हर्षित मुद्राका साथ साँझ घर फर्किदै थिए । खुःसीका साथ घर फकिर्दै गरेका विद्यार्थीको खुःसी भने छिनभरपनि टिक्न सकेन्, विद्यालय रहेको छिस्तीको–७ रापुङबाट घरतर्फ हिडेको तीन–चार मिनेटमै ध १ ज ७९१ नम्बरको पिकअप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सोही विद्यालयमा अध्ययनरत तीन बालिका र एक विद्यालयकै लेखापालको मृत्यु भएको छ भने १० जना बढी घाइते अवस्थामा रहेका छन् । मृतक र घाइते अधिकांश एउटै गाउँका भएकाले पनि केवै गाउँ शोकमा डुबेको स्थानीय डिलबहादुर श्रीसले बताउनुभयो । विद्यालयको वार्षीकोत्सव साँझ मात्र सकिएपछि विद्यालयदेखि करिब एक घण्टाको दुरीमा रहेको गाउँ पुग्नका लागि बालबालिका र महिलाहरु उक्त जीपमा चढेका थिए ।
‘हामी पाका मान्छेहरु हिडेर जान्छौं भनेर जिप चढेनौं, महिला, बालबालिका र केही युवाहरु जिप चढेर गन्तव्यतर्फ जाँदै थिए, बाटो उकालो भएका कारण ओभर लोडका कारण जिपले पिकअप लिन नसकेपछि दुर्घटना हुने भयो भनेर यात्रुलाई जिपबाट ओर्लन भन्यौं युवा र सहज ठाउँमा बसेका बालबालिकाहरु हामफाले तर जिप भित्र र अप्ठ्यारो ठाउँमा कोचिएर बसेकाहरु आफ्नै आँखा अगाडि जीपसँगै भरिबाट खसे ।’ प्रत्यक्षदर्शी श्रीसले भन्नुभयो ।
उकालो बाटो, ओभरलोड र सिकारु चालकका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।
चालक प्रविन सोही विद्यालयको कक्षा नौंमा अध्ययन गर्ने छात्र भएको घाइते बालबालिकाहरु बताउँछन् । दुर्घटनामा विद्यालयका लेखापाल ३० वर्षीय तुलसी पुन (टिका), १९ वर्षकी प्रियङ्का पुन सोही विद्यालयमा अध्ययनरत बालिका १३ वर्षीय ज्योती पुन र १४ वर्षीय एलिना पुनको मृत्यु भएको थियो । मृतक ज्योती पुन र प्रियङकाको धौलागिरी अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बोटामा र तुलसी र एलिनाको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नावय उपरीक्षक (डिएपी) चिरञ्जीवि कोईरालले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भिर घाइते भएका ३० वर्षीय धनकला श्रीस, १६ वर्षीय विष्ना श्रीस, १३ वर्षीय संगम श्रीस र १२ वर्षीय सम्झना पुनलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा र अन्य घाइते १५ वर्षीय तृष्ण पुन, १२ वर्षीय सविना थापा, ११ वर्षीय निर्मल पुन, १२ वर्षीय पूजा पुन, ५० वर्षीय नन्दकली पुनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी चिरञ्जीवि कोईरालले जानकारी दिनुभयो । जीप चालक १८ वर्षीय प्रविन पुन र जीपमा सवार १३ वर्षीय विशाल परियार सामान्य उपचारपछि डिस्चार्ज भएका छन । चालक पुन प्रहरीको नियन्त्रणमा रहेको डिएपी कोईरालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com