Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

व्यवस्थापकीय कामपछि तिव्र गतिको विकासः प्रचण्ड

  • ७ वर्ष अगाडि

बागलुङ, फागुन १० गते । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापकीय काम सकिएकाले अब विकासले गति लिने बताउनुभएको छ । नेपाल माध्यामिक विद्यालय ताराखोला बागलुङको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नयाँ संविधानको कार्यान्वयन, ऐन कानुनको निर्माण र अन्य व्यवस्थापकीय काम सकिएकाले अब सरकारको ध्यान तिव्र विकासमा हुने बताउनुभएको हो ।

नेपालको राजनीतिक परिवर्तनपछि संविधान निर्माणको चुनौती पूरा भएपनि त्यसपछि गर्नुपर्ने थुप्रै व्यवस्थापकीय काम र ऐन कानून निर्माणमा सरकारले बढी ध्यान दिनुपर्दा विकास निर्माणको कामले गति लिन नसकेको भन्दै अध्यक्ष प्रचण्डले महत्वपूर्ण कामहरु सकिएकाले अब देशले विकासको गति लिने बताउनुभएको हो । ‘हामीले चुनौतीपूर्ण भनिएको संविधान निर्माण ग¥यौं, संविधान अनुसार तीनै तहका निर्वाचन सम्पन्न भए, मुलुकको दुरगामी परिवर्तनका लागि संघीयता कार्यान्वयन र समावेशीता लागू गरेका छौं, अब व्यवस्थापकीय काममा नअल्झी सुखी नेपाली समृद्धि नेपालको अभियानलाई तिव्रता दिन सरकार लागिपर्छ ।’ प्रचण्डले भन्नुभयो ।

लामो समयको राजनीतिक संक्रमणकाल, छिमेकी चिन र भारतबीचको सम्बन्ध, खस्कदो मूलुकको औद्योगिकरण, रेल, जलमार्ग, हवाइमार्ग हुँदै विश्वभरी व्यापारा गर्न पाउँने व्यवस्था वर्तमान सरकारले गरेकाले अबका दिनमा कुनै झन्झटमा नफसी मुलुक समृद्धिको काम गर्न सकिने उहाँको भनाई थियो । सरकारले शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेकाले सोही अनुसार ऐन कानुन बनेको भन्दै अध्यक्ष प्रचण्डले अब कसैलेपनि पैसाको अभावमा अध्ययन गर्न, उपचार गर्न नसक्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो । सरकारको ध्यान नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई स्वदेशमै फर्काउँनु रहेकाले अब देशमै रोजगारी सिर्जना गर्ने, यदि रोजगारी प्राप्त हुन नसके वेरोजगार भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात भएकाले अब स्वदेशमै बसेर काम गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

तत्कालिन दुई कम्पयुनिष्ट पार्टीबीचको एकीकरण मुलुकको आवश्यकताका आधारमा भएको भन्दै अध्यक्ष प्रचण्डले अब तत्काल पार्टी एकता प्रक्रिया टुङ्गाइने बताउनुभएको थियो । ‘हामी आजमात्रै काठमाडौंमा पार्टीको सचिवालय बैठक बसेर पार्टी एकता प्रक्रियालाई तत्काल टुङ्गाएर सबै कमिटिहरु सक्रिय बनाउँने विषयमा निर्णय भएको छ, अबको केही दिनमा पार्टी एकता प्रक्रियाले टुङ्गीन्छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com