Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

थपिए नयाँ पर्यटकीय गन्तव्य

  • ७ वर्ष अगाडि
 

बागलुङ, फागुन १० गते । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई पर्यटकीय स्थल थपिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि यस अगाडि घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई स्थल थपिएका हुन् ।

सरकारले सन् २०२० मा मनाउँन लागेको ‘नेपाल भ्रमण वर्ष’लाइ लक्षित गरी यस अगाडि घोषणा गरेका स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्य र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यहरुमा बागलुङको पञ्चकोट र कास्कीको काहुँ धरहरा–पञ्चासे क्षेत्रलाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको रुपमा सूचिकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपाल पर्यटन वर्ष– २०२० मा २० लाख पर्यटक भित्राउँने लक्ष्यअनुसार सरकारले पर्यटकीय गन्तव्यहरुको सूचीकरण गरी त्यहाँको भौतिक विकासमा लगानी बढाइने मन्त्री अधिकारीले बताउनुभयो ।

यस अगाडि पर्यटकीय गन्तव्यको घोषणा गर्दा गण्डकी प्रदेशकै प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट छुट्न गएपनि मन्त्रालयले सही निर्णय गरेको बागलुङका सांसद डा. सूर्य पाठकले बताउनुभयो । ‘पञ्चकोट बागलुङको मात्र नभई समग्र प्रदेशकै पहिचानको विषय हो, कमलनयनाचार्यको अगुवाईमा यहाँ निर्माण भइरहेका संरचनाहरुले धेरैको ध्यान तान्न सफल भएको छ, यहाँ आउँने पर्यटकहरुको संख्यापनि बृद्धि हुँदै गएकाले मन्त्रालयले गरेको निर्णयले यसको विकासमा थप मद्धत पुग्नेछ ।’ सांसद डा. पाठकले भन्नुभयो ।

अहिले पञ्चकोट समग्र बागलुङको पहिचान बनेकाले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको होटल व्यवसायी अर्जुन चोखालले बताउनुभयो । ‘बागलुङ घुम्न आउँने पर्यटकहरु एकै दिन प्रसिद्ध बागलुङ कालिका मन्दिर र पञ्चकोटको दर्शन गर्न पाउँने अवस्था रहेको छ, पञ्चकोटमा निर्माण भइरहेका पर्यटकीय संरचना तथा त्यहाँसम्मको सहज सडक विस्तारले पोखरा, मुक्तिनाथ, कालिका मन्दिरमा आउँने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ ।’ होटल व्यवसायी चोखालले भन्नुभयो ।

विश्वकै अग्लो एक सय आठ फिटको विश्वशान्ति कलश, पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट निर्माणको चरणमा रहेको उक्त स्थानमा अहिले गरुडसिला, विभिन्न मठ मन्दिरहरु निर्माण भइसकेका छन् । बागलुङ बजारदेखि आठ किलोमिटरको दुरीमा रहेको उक्त स्थानबाट उच्च हिमश्रृङ्खला, प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने भएकाले सामान्य अवस्थामापनि सयौं पर्यटकहरु त्यहाँ पुग्ने गरेको स्थानीय नारायण आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com