Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘मोदीसँग हातेमालो गर्न तयार छु’

  • ६ वर्ष अगाडि

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग हातेमालो गर्न आफू तयार रहेको बताएका छन् । मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनपछि भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो परियोजना निर्धारित अवधिभन्दा आधा समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गरे । यो परियोजनाले समय बचत, सडकमा सवारी चाप कम गर्नुका साथै यस्तो पाइपलाइन नेपालभर वस्तार गर्ने ढोका खोलेको उनले बताए । नेपाल–भारत सहकार्यले सबै क्षेत्रलाई समेटेको र भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको उनले बताए ।

दुबैतिर बलिया बहुमतीय सरकारसहित राजनीतिक स्थायित्व रहेको भन्दै उनले आपसी हितका लागि सहकार्य अझ सशक्त बनाउने वातावरण बनेको बताए । नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा, गतिशीलता र मार्गदर्शन प्रदान गर्नु आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि मोदीजीसँग हातेमालो गर्न म तयार छु ।’

उनले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

नेपाल–भारत सहयोग अन्तर्गतको महत्वपूर्ण परियोजना, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनका अवसरमा बोल्न पाउँदा म खुसी छु । यस अवसरमा म, संवत् २०७४को चैतमा म भारत भ्रमणमा हुँदा प्रधानमन्त्री मोदीजी र म मिलेर यो परियोजनाको शिलान्यास गरेको तथ्य सम्झन चाहान्छु । यो परियोजना एकदमै छिट्टै, निर्धारित अवधिभन्दा आधा समयमै सम्पन्न भएकोमा खुसी लागेको छ र हामी यसको सञ्चालनको उद्घाटन गर्न सक्षम भएका छौँ ।

यो पाइपलाइन परियोजना नेपाल र भारतबीच मात्र नभई दक्षिण एसियामै यस किसिमको पहिलो परियोजना हो । मेरो विश्वास छ कि यो परियोजनाले समय बचत गर्छ, मूल्य एवं सडकमा सवारी चाप घटाउँछ र भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने वायु प्रदूषण पनि कम गर्छ । त्यति मात्र नभई यसले यस्तो पाइपलाइन नेपालैभरि विस्तार गर्ने ढोका पनि खोल्छ ।

यस पाइपलाइनले उपभोक्ता मूल्यमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्दै गर्दा, नेपाल आयल निगमले आजैदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको जानकारी दिन पाउँदा म खुसी छु । सँगसँगै, निस्सन्देह यो परियोजनाले हाम्रा दुई देशहरूबीचको अन्तर्सम्पर्क र अन्तर्निर्भरतालाई अझ सशक्त बनाउनेछ । यो परियोजना व्यापार तथा पारवहन पूर्वाधारका हिसाबले नेपाल र भारतबीचमा कनेक्टिभिटीको एक उत्कृष्ट उदाहरण हो । यस्तो महत्वपूर्ण परियोजना सञ्चालनमा सहयोग र सहकार्यका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारप्रति आभार व्यक्त गर्न चाहान्छु ।

प्रधानमन्त्री मोदीजी तथा विशिष्ट श्रोतागण,

नेपाल–भारत सहयोग केही परियोजनामा मात्र सीमित छैन । रेलमार्ग, आन्तरिक जलमार्ग, सडक, जलविद्युत् उत्पादन, एकीकृत जाँच चौकी, पुल, कृषि र पर्यटन लगायतका विविध क्षेत्र समेट्ने द्विपक्षीय परियोजनाहरू पनि तयारीका क्रममा छन् । यस्तै गति र प्रयासमा तिनको समापन हुँदा दुबै देश र दुबै देशका जनतालाई अधिकतम लाभ हुने मेरो विश्वास छ । हाम्रा अघिल्ला भेटहरूमा मोदीजी र मबीच भएका समझदारी पश्चात् पछिल्ला वर्षहरूमा भारतको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनले गति लिएको उल्लेख गर्दा म खुसी छु ।

यस अवसरमा, म भारतको आर्थिक सहयोगमा सम्पन्न नेपालका गोरखा र नुवाकोट जिल्लाका करिब ५० हजार घरको भूकम्पपश्चात्को पुनर्निर्माणको पनि प्रशंसा गर्न चाहान्छु । यी घरहरू नेपाली जनताका लागि भारतको सहयोग र मित्रवत् व्यवहारको सङ्केतका रूपमा रहनेछन् । यस्ता विकासका गतिविधिमध्ये अधिकांशले जनतालाई प्रत्यक्ष फाइदा दिन्छन् भने हाम्रो सम्बन्धलाई अझ बलियो र सार्थक बनाउँछन् ।

भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छ । यी दुई देशहरूको सम्बन्ध यति गहिरो र बृहत् छ कि कुनै पनि क्षेत्र हाम्रो सहकार्यबाट अछुतो छैन । यसलाई थप विस्तार गर्ने सम्भाव्यता पनि सदैव विद्यमान छ । हामी अहिले इतिहासको महत्वपूर्ण विन्दुमा छौँ । नेपाल र भारत दुबैतिर बलिया बहुमतीय सरकार सहितको राजनीतिक स्थायित्व छ । बढ्दो आर्थिक वृद्धि दर, गतिशील तथा सक्षम मानव स्रोतको उपलब्धता एवं प्राकृतिक स्रोतसम्पन्नताले गर्दा विकास तथा समृद्धिका लागि उत्साहजनक वातावरण बनेको छ । यसले गर्दा आपसी हितका लागि दुई देशबीचको साझेदारी र सहकार्यलाई अझ सशक्त बनाउने वातावरण निर्माण भएको छ ।

यसबाहेक, विकास, समृद्धि तथा जनताको खुसीबारे हाम्रा दृष्टिकोण समान छन् । ठोस राजनीतिक प्रतिबद्धता र तिनलाई कार्यान्वयन गर्ने बलियो सङ्कल्पले तिनलाई साथ दिएका छन् । मोदीजीको ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र मेरो ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनाले हाम्रा प्रतिबद्धता, दृढता र आआफ्ना देशका विकासको अवस्थितिलाई रूपान्तरण गर्ने प्रयासको मूल रूपलाई समेट्दछन् । यस सन्दर्भमा म के विश्वास गर्दछु भने हामीले नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा, गतिशीलता र मार्गदर्शन प्रदान गर्नु आवश्यक छ ता कि यसले आगामी दिनमा नयाँ उचाइ चुमोस् ।

यस उद्देश्यको प्राप्तिका लागि मोदीजीसँग हातेमालो गर्न म तयार छु । विगतमा भएका सफल भ्रमणहरूको आदानप्रदानलाई सम्झँदै म यस अवसरमा प्रधानमन्त्री मोदीजीलाई यथासक्य छिटो समय मिलाएर नेपाल भ्रमण गर्न हार्दिक निमन्त्रणा गर्दछु । अन्त्यमा, नेपाल–भारत सम्बन्धको यस महत्वपूर्ण परियोजना सञ्चालनका लागि अथक प्रयास गर्नुहुने सरकारी अधिकारी, स्थानीय निकाय तथा अन्य सम्बन्धित निकायलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

धन्यवाद !

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com