Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मोडेल फार्म स्थापना गर्न डेढ करोड रुपैँया

  • ७ वर्ष अगाडि

भदौ २५ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मोडेल फार्म स्थापना गर्न डेढ करोड रुपैँया भन्दा बढी रकम विनियोजन गरेको छ । कार्यालयले आर्थिक बर्ष ०७६-७७ को कार्यक्रम सार्वजनिकरण गर्दै मोडेल फार्म स्थापना गर्नका लागि १ करोड ६० लाख रुपैँया बिनियोजन गरेर काम अगाडी बढाइसकेको बताएको छ ।

मोडेल फार्मका लागि हाल सम्म बागलुङ र पर्वत जिल्लाका गरी ३ सय ५८ वटा निवेदन दर्ता भएको छ । कार्यालयमा आएको कुल बजेटको ५० प्रतिशत भन्दा बढी रकम यही कार्यक्रमका लागि बिनियोजन भएको बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो ।

२० वटा फार्मका लागि बजेट बिनियोजन भएको भएपनि मन्त्रालय संग समन्वय गरी ३२ वटा सम्म छनौट गर्न सक्ने व्यवस्था मिलाउने पाण्डेले बताउनुभयो । पुँजीगत खर्चका लागि १७ लाख १० हजार र चालु खर्चका लागि ३ करोड ९४ लाख ७४ हजार रुपैँया बिनियोजन भएको पनि सो अवसरमा जानकारी गराइएको छ ।

यस्तै कार्यालयले यस बर्ष नयाँ कार्यक्रममा पाडा हुर्काउने कार्यक्रम समावेश गरेको छ । यसका लागि ५ लाख रुपैँया बिनियोजन भएको छ । यस्तै पशु स्वास्थ्य कार्यक्रममा पुर्ण खोपयुक्त वडा घोषणाका लागि १४ लाख, पिपिआर रोग विरुद्धको खोप लगाउन ११ लाख, औषधी खरिदका लागि ४ लाख ५० हजार, पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविरमा ४ लाख ५० हजार रुपैँया रहेको छ । यस्तै वर्ड फ्लु सर्भिलेन्स तथा नमुना संकलन, रानीखेत रोग विरुद्धको खोप सञ्चालन लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

यस्तै पशु आहारा कार्यक्रमका लागि १३ लाख ५० हजार, पशु प्रजनन तथा नश्ल सुधारका लागि ९ लाख ५० हजार, मत्स्यविकास कार्यक्रममा ९ लाख ५० हजार, पशुपंक्षी बजार प्रबद्र्धन कार्यक्रममा ७ लाख ५० हजार शुशासन र व्यवस्थापनका लागि १५ लाख रुपैँया, सीप विकास तथा जनचेतना तालिम, गोष्ठीका लागि १६ लाख २५ हजार रुपैँया छुट्याएको बताइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, बागलुङ दुग्ध उत्पादक संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम बरिष्ठ पशु विकास अधिकत पाण्डेको अध्यक्षता, पशु विकास अधिकृत निलकण्ठ शर्माको स्वागत र पशु चिकित्सक रामजी प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com