Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा

  • ७ वर्ष अगाडि

काठमाडौ, भदौ २७ गते । नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्धिपक्षीय सम्झौता अनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी विहीबार सहमति भएको छ । मलेसियास्थित कोलाम्बपुरमा तीन दिनसम्म दुई देशका प्राविधिक समितिको बीच लगातार भएको बैठकले सो विषयमा सहमति जुटाउन सफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा बैठकका लागि गएको टोलीले तीन दिन लामो गहन छलफलपछि सो बारेमा सहमति जुटाउन सफल भएको छ ।
बैठकको नेतृत्व गर्दै मलेसिया रहनुभएका सहसचिव घिमिरेले  यसअघि भएको सम्झौता अनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको जानकारी दिनुभयो । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो ।

सहमतिपछि बाँकी रहेका विषयलाई टुंगो लगाउन दुबै देशमा प्राविधिक समति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुंगो लागेको नेपालको तर्फबाट प्राविधिक समितिका संयोजकसमेत रहनु भएका घिमिरेले जानकारी दिनुभयो ।

मलेसिया रोजगारी खुलाउन मङ्गलबारदेखि मलेसियामा वार्ता जारी थियो । तीन दिनसम्मको वार्तामा केके सहमति भयो भन्ने बिषयमा कुनै कुरा सार्वजनिक गरिएको थिएन । अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि गत सोमबार मलेसिया गएको थियो ।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुला भएको हो । दुई देशको सहमतिसंगै अब नयाँ श्रमिकले बैदेशिक रोजगारीका लागि मलेसिया जाने बाटो समेत खुला भएको छ । मलेसिया र नेपाल बीच भएको पछिल्लो सहमतिको बिषयमा थप जानकारी केहिबेरमा आउने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com