Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

४८ बर्षपछि कालोपत्रे हुदै अर्जुनचौपारी सडक

  • ६ वर्ष अगाडि

स्याङ्जा, असोज ५ गते । यहाँको पुरानो सडक अर्जुनचौपारी–घण्टे–पर्वत–बागलुङ जोड्न सडक अर्जुनचौपारीसम्म कालोपत्रे हुने भएको छ । २०२७ सालबाट मालबहाक र २०४८ बाट यात्रुबहाक सवारी साधन पुगेको उक्त सडक कालोपत्रे गर्नका लागि गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअनुसार काम सुरु गरेको हो । 

हिउदँमा धुलो र वर्षातमा हिलोबाट सास्ती भोग्दै आएका यहाँका स्थानिय नागरिकले समस्याबाट राहन पाउने भएका हुन् । प्रदेश सरकारको स्थानिय पालिका कार्यालय सडक पु¥याउने लक्ष्य अनुसार पुर्वाधारण बिकास कार्यालयले कार्यालयले २ बर्षमा काम सक्ने गरेर भदौ २९ गते १८ करोडको सुचना प्रकाशन गरेको कार्यालयका प्रमुख सोभियत खड्काले जानाकारी दिनुभयो ।

पहिलो चरणमा अर्जुनचौपारी बजारसम्म रहेको सडकको स्तरोन्नती, नाली, ग्याबिन, मेसीनरी वाल सहित ८ मिटरको सडक बनाएर कालोपत्रे हुने खड्काले बताउनुभयो । स्याङ्जाको हेलुबाट पर्वत हुँदै बागलुङ पुग्ने छोटो दुरी ४८ किलो मिटर जोड्न पहिलो चरणमा ६.७ किलो मिटर कालोपत्रे हुने छ । योजना सम्झौता लगत्तै कामलाई अगाडी बढाउने बताउदै खड्काले तोकिएको समयमै कालोपत्रे हुने बताउनुभयो । हेलु अर्जुनचौपारी घण्टेसम्म ०५४ सालमा सडक खनिएको हो भने पर्वत हुदै बाग्लुङ् ६० सालमा खनिएको हो ।

हेलुबाट पर्वतको महाशिला हुदै बाग्लुङ्को सदरमुकामा पुग्न कालिगण्डकी करिडोर र पोखरा बाग्लुङ् सडक भन्दा छोटो दुरीमा रहेको छ । योजना बहुबर्षिय भएको बताउदै प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्ले क्रमैसगँ पर्वत र बाग्लुङ्का सांसदसगँ छलफल गरेर बजेट बिनियोजन गर्दै सडक कालोपत्रे गरिने बताउनुभयो । आफ्नो पहल र आवश्यकताको हिसाबले प्रदेश सरकारले बजेड बिनियोजन गरेको बताउदै गुरुङ्ले आफु सोहि प्रदेशको नाताको हिसाबले आफ्नो प्रदेशमा पर्ने सो बाटो आफ्नो कार्यकालमा कालोपत्रेमा चासो दिने बताउनुभयो ।

उहाँले हेलु घण्टे, पर्वत महाशिला र बागलुङ खण्डमा धेरै बाटो चौडा पुगेको बताउदै मुख्य बाटो भएकाले नाला र कालोपत्रका लागि बजेट बिनियोजन गर्न कठिन नहुने बताउनुभयो । सडक कालोपत्रे हुने भएपछि हर्षका आशु भएको बताउदै स्थायनिय समाजसेवी नन्लकली पौडेलेसधै भर सरकारको बिकासको चासो जानुपर्ने बताउनुभयो ।

सडक अर्जुनचौपारीसम्म कालोपत्रे हुने भएपछि खसी ब्यक्त गर्दै डिलबहादुर लामिछानेले आफ्नो गाउँसम्म सडक कालोपत्रे हुने आशा जागेको बताउनुभयो । पहिलो चरणमा कालोपत्रे हुने ठाउँभन्दा १६ किमी टाँढा आफ्नो घर भएको बताउँदै लामिछानेले गापा केन्द्रमा कालोपत्रे भएपछि बाँकी सडक पक्का कालोपत्रे हुने बताउनुभयो ।

यस सडकमा पुर्वाधार काम गर्ने सडक बाहेक घण्टेसम्म पाँच करोड र पर्वत–बागलुङमा सोही बराबरको बजेट रहेको छ । प्रदेश सरकारले अर्जुन चौपारी सडकलाई प्राथमिकतामा राखेर केवरे खोलामा मोटरेबल पुल निर्माणका लागि ७५ लाख बिनियोजन गरेको छ । यस्तै यस सडक बिस्तारमा भौतिक पुर्वाधार मन्त्रालय केन्द्र सरकारले समेत एक करोड रकम समेत लाख बिनियोजन गरेको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com