Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्यटन पूर्वाधारमा ध्यान दिन राष्ट्रपतिको आग्रह

  • ७ वर्ष अगाडि

नेपालसञ्चार पोखरा, असोज १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्ष सफल पार्नका लागि पूर्वाधारको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष–२०१९ का लागि राष्ट्रपतिलाई निम्तो दिन पुगेको गण्डकी प्रदेश सरकारका मन्त्री सहितको टोलीलाई पर्यटन पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

नेपालमा थुप्रै पर्यटकीय गन्तव्यहरु भएपनि प्रचार प्रसारको अभावमा पर्यटकहरु पुग्न नसकेको र भएका पर्यटकीय स्थलहरुमा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै त्यस्ता पर्यटकीय गन्तव्यहरुको पहिचान गरी पूर्वाधार निर्माणमामा जोड दिन आग्रह गर्नुभएको थियो ।

गण्डकी प्रदेश भित्र थुप्रै पर्यटकीय स्थलहरु रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले एउटा पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थलसम्म पुग्ने सडकलाई सहज बनाउँन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० नेपाल भ्रमण वर्ष सँगै छिमेकी पर्यटन वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षको रुपमा मनाउँन लागेको जानकारी गराउँनुभएको थियो ।

आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल पार्नका लागि देशका विभिन्न ठाउँमा पुगेको गण्डकी सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वको टोलीले प्रदेश नम्बर एक, दुई र तीनका मुख्यमन्त्री, त्यहाँका व्यवसायीसँग अन्तरक्रिया गरी काठमाडौं पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो ।

‘अहिले हामी काठमाडौं आइपुगेका छौं, अन्य प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा उद्योगी व्यवसायीहरुबाट राम्रो साथ र सहयोग पायौं, राष्ट्रपतिलाई गण्डकी प्रदेश भ्रमणको निम्ता दिएका छौं, अब प्रधानमन्त्री, मन्त्री तथा अन्य सरोकारवालासँग छलफल गरी गण्डकी प्रदेशको पर्यटन विकासका लागि के गर्न सकिन्छ भन्ने बारेमा योजना बनाएर अगाडि बढ्छौं ।’ मन्त्री लम्सालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com