Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तिलडाँडा एकीकृत बस्तीको बन्यो डीपीआर, लाभग्राही हर्षित

  • ७ वर्ष अगाडि

अर्जुन काफ्ले, स्याङ्जा, असोज १६ गते । स्याङ्जाको एक मात्र तिलडाडाँ एकीकृत बस्तीको डीपीआर (डीटेल प्रोजेक्ट रिर्पाेट) तयार भएपछि यहाँका लाभग्राही हर्षित भएका छन् । अर्जुनचौपारी ४ राम्चेको एकीकृत बस्ती बनाउने भनिएपनि डिपिअार नबन्दा समस्या परेकाे थियाे । जिल्ला कार्यान्वयन इकाईले डीपीआर तयार पारेको हो । २०७५ असार ३२ गते १५ घरधुरीले २८ रोपनी जग्गा किनेर एकीकृत बस्ती बनाउने तयारी गरेपनि डीपीआर नबेपछि घरधुरीको सपना अधुरो जस्तै भएको थियो ।

पुर्ननिर्माणबाट पाएको दुई दुई लाख रकमबाट जग्गा खरिद गरी घडेरी बनाएर लालपुर्जा समेत हात पारेका एकीकृत बस्तीका लाभग्राहीको डीपीआर नबन्दा झुप्रोको बास रहेको छ । तिलडाँडाँ एकीकृत बस्तीको डीपीआर जिम्मा पाएको दिगो सामाधनले नबनाएपछि पुननिर्माण जिल्ला कार्यान्वयन इकाईले एक करोड पाचँ लाखको डीपीआर तयार पारेको हो । बजेटमा ६० लाख पुर्वाधारको लागि रहेको छ भने ४५ लाख घर निर्माणको लागि रहेको डीपीआर निर्माण गरेका इन्जिनियर शुशिल पौडेलले बताउनुभयो ।

डीपीआरमा तिन घरधुरी बराबर एक धारा र एक सार्वजनिक धारा गरेर छ वटा धारा, साढे तिन मिटर चौडाई भएको दुई सय ६ मिटर बाटो ढलान रहेको पौडेलले बताउनुभयो । यस्तै मेसनरी वाल एक सय ५५ मिटर, खानेपानी मुहान र एक प्रतिक्षालय पनि डीपीआरमा रहेको छ । डीपीआर बनेपछि अब घरहरु बनाउने आस जागेको बताउदै एकीकृत बस्तीका उपाध्यक्ष गंगा पौडेलले दशैको बेलामा खुसी ल्याएको बताउनुभयो ।

पुर्ननिर्माण प्राबिधकरणले असार मसान्त सम्म बस्ती बनाउनु पर्ने निर्देशन दिएकाले अब काम शुरुवात गरी तोकिएको समयमा सक्ने पौडेलले बताउनुभयो । उहाँले जग्गा धेरै खरिद गरेपनि घर बनाउन उपयुक्त साढे सात रोपनीमा मात्र घर बन्ने बताउनुभयो । जग्गा पास भएको बेलामा काम गर्न पाएको भए अहिले नयाँ घरमा बस्न पाइने थियो, तर ढिलै भएपनि राहत पाएको पौडेलले बताउनुभयो ।

आफ्नो जिल्लाको एक मात्र एकीकृत बस्ती तिलडाडाँमा डीपीआरले बस्ती नबनेपछि आफुले चासो दिएको बताउदै जिल्ला आयोजना कार्यान्वन इकाइका प्रमुख प्रबिण ढकालले घर लाभग्राहीले बनाउने र पुर्वाधार डीपीआरको आधारमा काम भएपछि इकाई भुक्तानी गर्ने बताउनुभयो । बस्तीमा काम कस्तो भयो त्यसैको आधारमा पुर्वाधारको रकम भुक्तानी गरिने ढकालको भनाई थियो । अर्जुन चौपारी ४ निबुवाबोटमा जोखिम बस्ती स्तान्तरण अन्र्तगत १० घर एकिकृत बस्ती बनाउने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com