अर्जुन काफ्ले, स्याङ्जा, असोज १६ गते । स्याङ्जाको एक मात्र तिलडाडाँ एकीकृत बस्तीको डीपीआर (डीटेल प्रोजेक्ट रिर्पाेट) तयार भएपछि यहाँका लाभग्राही हर्षित भएका छन् । अर्जुनचौपारी ४ राम्चेको एकीकृत बस्ती बनाउने भनिएपनि डिपिअार नबन्दा समस्या परेकाे थियाे । जिल्ला कार्यान्वयन इकाईले डीपीआर तयार पारेको हो । २०७५ असार ३२ गते १५ घरधुरीले २८ रोपनी जग्गा किनेर एकीकृत बस्ती बनाउने तयारी गरेपनि डीपीआर नबेपछि घरधुरीको सपना अधुरो जस्तै भएको थियो ।
पुर्ननिर्माणबाट पाएको दुई दुई लाख रकमबाट जग्गा खरिद गरी घडेरी बनाएर लालपुर्जा समेत हात पारेका एकीकृत बस्तीका लाभग्राहीको डीपीआर नबन्दा झुप्रोको बास रहेको छ । तिलडाँडाँ एकीकृत बस्तीको डीपीआर जिम्मा पाएको दिगो सामाधनले नबनाएपछि पुननिर्माण जिल्ला कार्यान्वयन इकाईले एक करोड पाचँ लाखको डीपीआर तयार पारेको हो । बजेटमा ६० लाख पुर्वाधारको लागि रहेको छ भने ४५ लाख घर निर्माणको लागि रहेको डीपीआर निर्माण गरेका इन्जिनियर शुशिल पौडेलले बताउनुभयो ।
डीपीआरमा तिन घरधुरी बराबर एक धारा र एक सार्वजनिक धारा गरेर छ वटा धारा, साढे तिन मिटर चौडाई भएको दुई सय ६ मिटर बाटो ढलान रहेको पौडेलले बताउनुभयो । यस्तै मेसनरी वाल एक सय ५५ मिटर, खानेपानी मुहान र एक प्रतिक्षालय पनि डीपीआरमा रहेको छ । डीपीआर बनेपछि अब घरहरु बनाउने आस जागेको बताउदै एकीकृत बस्तीका उपाध्यक्ष गंगा पौडेलले दशैको बेलामा खुसी ल्याएको बताउनुभयो ।
पुर्ननिर्माण प्राबिधकरणले असार मसान्त सम्म बस्ती बनाउनु पर्ने निर्देशन दिएकाले अब काम शुरुवात गरी तोकिएको समयमा सक्ने पौडेलले बताउनुभयो । उहाँले जग्गा धेरै खरिद गरेपनि घर बनाउन उपयुक्त साढे सात रोपनीमा मात्र घर बन्ने बताउनुभयो । जग्गा पास भएको बेलामा काम गर्न पाएको भए अहिले नयाँ घरमा बस्न पाइने थियो, तर ढिलै भएपनि राहत पाएको पौडेलले बताउनुभयो ।
आफ्नो जिल्लाको एक मात्र एकीकृत बस्ती तिलडाडाँमा डीपीआरले बस्ती नबनेपछि आफुले चासो दिएको बताउदै जिल्ला आयोजना कार्यान्वन इकाइका प्रमुख प्रबिण ढकालले घर लाभग्राहीले बनाउने र पुर्वाधार डीपीआरको आधारमा काम भएपछि इकाई भुक्तानी गर्ने बताउनुभयो । बस्तीमा काम कस्तो भयो त्यसैको आधारमा पुर्वाधारको रकम भुक्तानी गरिने ढकालको भनाई थियो । अर्जुन चौपारी ४ निबुवाबोटमा जोखिम बस्ती स्तान्तरण अन्र्तगत १० घर एकिकृत बस्ती बनाउने तयारी गरेका छन् ।