काठमाडौं, २४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई नियमित डायलासिस गर्न अस्पताल लगिएको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद ९साग०को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । नियमित डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीको करिव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
हाम्रो टिम
प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी
नेपाल सञ्चार
Menu
© All rights reserved 2015-2024 nepalsanchar.com