Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१८ वर्षपछि बन्ने भो बागलुङ बसपार्क

  • ७ वर्ष अगाडि

बागलुङ, पुुस १३ गते । बागलुङमा व्यवस्थित बसपार्क निर्माणको सुरुवात गरिएको १८ वर्षपछि बसपार्क निर्माण हुने भएको छ । व्यवस्थित बसपार्क निर्माणका लागि १८ वर्ष अगाडि स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपनि लामो समय निर्माण हुन नसकेको बसपार्क अबको केही महिनाभित्र सम्पन्न हुने गरी कामलाई तिव्रता दिइएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर चार दावगरामा व्यवस्थित बसपार्क निर्माणका लागि २०५९ सालमै स्थानीय ५२ जनाले ५९ रोपनी जग्गा बसपार्कलाई हस्तान्तण गरेका थिए । खेतीयोग्य जमिन बसपार्क निर्माणका लागि दिएपनि सरकारी उदासिनताका कारण खण्डहर बनेको जग्गामा स्थानीय तहको गठनसँगै निर्माणले तिव्रता पाएको हो । नगरविकास कोषको ऋण सहयोगमा निर्माण सुरु भएको बसपार्क यसैवर्ष भित्र सम्पन्न गर्नेगरी काम भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।

नगरविकास कोषको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त बसपार्क निर्माण सुरु भएपछि डिजाइन इस्टिमेटमा केही कमी कमजोरी देखिएपछि पुनः सच्चाएर कामलाई तिव्रता दिइएको शर्माले बताउनुभयो । बसपार्कका लागि ऋण सम्झौता गर्दा २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सर्त राखिएको भएपनि डिजाइन इस्टिमेटमा देखिएको समस्याका कारण चैत मसान्तसम्मका लागि म्याद थपेर काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

एक व्यापारिक भवन, अन्डरग्राउण्ड पार्किङ सहितको ट्रमिनल भवन तथा सवारी साधन पार्किङ स्थल निर्माण हुने बसपार्कको इस्टिमेट गर्दा केही कमजोरी भेटिएकाले समयमै काम गर्न नसकिएपछि म्याद थप भएको थियो । ‘बसपार्कको व्यापारिक भवन बन्ने स्थल माटो पुरिएको क्षेत्र भएकाले उक्त क्षेत्रमा ¥याफ्टोफुटिङ गरेर संरचना निर्माण गर्नुपर्नेमा हात्तिपाइले पिल्लर राखेर संरचना निर्माण गर्ने इन्टिमेट परेपछि समस्या परेको हो, बसपार्क क्षेत्रमा १३ हजार घनमिटर माटो कटान गर्नुपर्नेमा इस्टिमेटमा तीन हजार घनमिटर मात्र भएपछि काममा केही समस्या भएको थियो, अहिले सबै मिलाएर कामले तिव्रता पाएको छ ।’ शर्माले भन्नुभयो ।

बसपार्क निर्माणका लागि नगरविकास कोषले नौं करोड चार लाख रुपैयाँ ऋण, केएफडब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ ऋण सहयोग गर्ने तथा नगरपालिकाबाट ७५ लाख र समपूरक कोषबाट २५ लाख रुपैयाँ लगानी गर्नेगरी काम भइरहेको छ । स्थानीयले उपलब्ध गराइएको ५९ रोपनी जग्गा मध्य १७ रोपनी जग्गामा बसपार्क निर्माण हुनेछ । अन्य जग्गालाई व्यवस्थित घडेरी तयार गरी जग्गादातालाई उपलब्ध गराइने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

सुरुमा सात करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क निर्माणका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले जिम्मा लिएको थियो । पछि डिजाइन स्टीमेट परिवर्तन गर्दा काम थपिएपछि कुल लागतमा एक करोड १३ लख रुपियाँ थपिएको छ । निर्माण कम्पनीका प्रबन्ध निर्देशक राजु पौडेलले डिजाइनमा देखिएको केही समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकेपनि थपिएको समयमा काम सक्नेगरी काम भइरहेको बताउनुभयो । ‘हामीले डिजाइनमा जे छ त्यही अनुसार काम गर्ने हो, ठेक्का सम्झौतापछि डिजाइनमा समस्या रहेको भेटिएपछि पुनः त्यसलाई परिवर्तन गरेर काम सुरु गरेका छौं, कम्पनीले जिम्मा पाएको अवधीमै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौं ।’ पौडेलले भन्नुभयो ।

निर्माण कम्पनीका अनुसार बसपार्कको वरीपरी पर्खाल लगाउने काम सकिएको छ । यस्तै बसपार्कको ट्रमिनल भवन निर्माणको काम लगभग सकिएको, पार्किङ स्थल सम्माउने काम भइरहेको र व्यापारिक भवनको नयाँ डिजाइन अनुसार फाउण्डेसन निर्माण गर्ने काम सुरु भइसकेको छ । १७ रोपनी क्षेत्रफलमा बन्ने बसपार्कको पार्किङ स्थलमा ढलान गरिने र सवारीसाधन आवातजावत गर्ने ठाउँमा कालोपत्रे गरिनेछ ।

व्यवस्थित बसपार्क नहुँदा बागलुङ बजार हुँदै जाने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत बागलुङ बजार मध्यविन्दुका रुपमा विकसित भएकाले बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न समस्या भएकाले आफूहरुले जग्गा हस्तान्तरण गरेको जग्गादाता सुवास राजभण्डारीले जानकारी दिनुभयो । खेतीयोग्य जमिन आफुहरुले बसपार्क निमार्णको उद्देश्यले दिएतापनि लामो समयसम्म उपयोगमा नआउँदा आफुहरु दुखी जग्गादाताहरु बसपार्क बन्ने पक्का भएपछि खुसी भएका छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com