Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा माघ १६ देखि राष्ट्रिय मेयरकप फुटबल हुने

  • ६ वर्ष अगाडि

बागलुङ, २९ पुस ।
बागलुङ नगरपालिकाको आयोजनामा माघ १६ गतेदेखि २२ गतेसम्म नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
बागलुङ नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको संयोजनमा नगरपालिका स्तरिय राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी गराइएको हो ।
स्थानिय तहको निर्वाचनको पहिलो वर्षबाट सुरु गरिएको प्रतियोगिता गतवर्ष नभएपनि यस वर्ष खुल्ला नगरपालिका स्तरीय राष्ट्रिय मेयर कप फुटबलको आयोजना गरिएको पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख पौडेलले प्रतियोगितामा देशभरका उपमहानगरपालिकाहरु र नगरपालिकाहरुले सहभागि हुन पाउने बताउनुभयो । यस वर्षको प्रतियोगितामा स्थानिय तहको सिफारिसमा राष्ट्रिय खेलाडीहरु पनि समावेश हुन पाउने प्रावधान राखिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता खुल्ला गरिएपछि यस वर्ष पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता संचालनको लागि नगरपालिकाले २१ लख ९६ हजार १ सय १० रुपैयाँ लागतको अनुमान गरिएको छ । प्रतियोगिताका सवै खेल बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा संचालन गरिने बताइएको छ । प्रतियोगितामा १२ देखि २० टिमसम्मले सहभागिता जनाउने अपेक्षा लिएको जिल्ला फुटबल संघका अध्यक्ष गुरुङले बताए ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरा उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।
नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत उपप्रमुख सुरेन्द्र खड्का र संचालन जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष रेशम गोतामेले गरेका थिए ।
यस्तै प्रतियोगिता सफल पार्नको लागि तयारी समिति गठन गरिएको छ । मैदान व्यवस्थापन संयोजकमा राजकुमार शर्मा, प्रचारप्रसार संयोजकमा सुर्य लामिछाने, झाँकी तथा सांस्कृतिक कार्यक्रम संयोजकमा जय राजभण्डारी, प्राथमिक उपचार संयोजकमा लोक बहादुर खड्का, रेफ्रि/कमिशनरमा विकास थापा, खाजा व्यवस्थापनमा रुविना श्रेष्ठ थापा, खेलाडी व्यवस्थापनमा प्रकाश शर्मा, मञ्च/स्टल व्यवस्थापनमा राहुल बोहरा, टिकट/निमन्त्रणा संयोजकमा सुरज खड्का, पुरस्कार/मायाको चिनो संयोजकमा भानु आचार्य, उद्घाटन/समापन समारोह संयोजकमा रेशम गोतामे, सम्मान तथा सुरक्षा संयोजकमा राम शर्मा र स्वर्यसेवक स्रयोजकमा राजकुमार बोसेल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com