Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई डिस्इन्फेक्टेड गर्न शुरु

  • ६ वर्ष अगाडि

बागलुङ,वैशाखाख १७ गते ।मुख्य नाका मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु गरिएको छ ।

कोरोनाको जोखिम बढ्न नदिन मङ्गलबारदेखि स्पे्रमार्फत विषाणुनाशक औषधि छर्कन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । “जिल्ला भित्रने सबै सवारी साधनलाई सोडियम हाइपो क्लोराइड छर्केर पठाउने गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका कोरोना ‘फोकल पर्सन’ दिनेश जिसीले भन्नुभयो, “डिस्इन्फेक्टेड गर्ने काम अब नियमित हुन्छ ।” सोही प्रयोजनका लागि नगरपालिकाले रु २० हजार खर्चेर ‘डिस्इन्फेक्सन स्प्रे’ तयार गरेको थियो । नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्ला प्रवेश गर्ने सवारी साधनलाई ‘डिस्इन्फेक्टेड’ गर्न शुरु गरेको हो ।

बागलुङ र पर्वतको सीमा क्षेत्र मालढुङ्गामा रहेको प्रहरी चौकीले दैनिक सो काममा सघाउने भएको छ । सवारी साधनका माध्यमबाट पनि कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई दृष्टिगत गरी नाकामा विशेष सावधानी अपनाइएको हो । बन्दाबन्दीका कारण अत्यावश्यक सेवाका मात्र सवारी साधन चलेका हुनाले अहिले नाकामा चाप कम छ । दुई सङ्क्रमित फेला परेकाले बागलुङ कोरोनाको जोखिममा छ । यद्यपि दुवै सङ्क्रमित उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

तत्काललाई कोरोनाका बिरामीमुक्त जिल्ला बने पनि जोखिम भने अझै टरेको छैन । थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानी अपनाइएको छ । बाहिरबाट आउने व्यक्तिबाट हुने सङ्क्रमण रोक्न सकिएमा जिल्लालाई कोरोनाबाट सुरक्षित राख्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com