Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई डिस्इन्फेक्टेड गर्न शुरु

  • ६ वर्ष अगाडि

बागलुङ,वैशाखाख १७ गते ।मुख्य नाका मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु गरिएको छ ।

कोरोनाको जोखिम बढ्न नदिन मङ्गलबारदेखि स्पे्रमार्फत विषाणुनाशक औषधि छर्कन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । “जिल्ला भित्रने सबै सवारी साधनलाई सोडियम हाइपो क्लोराइड छर्केर पठाउने गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका कोरोना ‘फोकल पर्सन’ दिनेश जिसीले भन्नुभयो, “डिस्इन्फेक्टेड गर्ने काम अब नियमित हुन्छ ।” सोही प्रयोजनका लागि नगरपालिकाले रु २० हजार खर्चेर ‘डिस्इन्फेक्सन स्प्रे’ तयार गरेको थियो । नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्ला प्रवेश गर्ने सवारी साधनलाई ‘डिस्इन्फेक्टेड’ गर्न शुरु गरेको हो ।

बागलुङ र पर्वतको सीमा क्षेत्र मालढुङ्गामा रहेको प्रहरी चौकीले दैनिक सो काममा सघाउने भएको छ । सवारी साधनका माध्यमबाट पनि कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई दृष्टिगत गरी नाकामा विशेष सावधानी अपनाइएको हो । बन्दाबन्दीका कारण अत्यावश्यक सेवाका मात्र सवारी साधन चलेका हुनाले अहिले नाकामा चाप कम छ । दुई सङ्क्रमित फेला परेकाले बागलुङ कोरोनाको जोखिममा छ । यद्यपि दुवै सङ्क्रमित उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

तत्काललाई कोरोनाका बिरामीमुक्त जिल्ला बने पनि जोखिम भने अझै टरेको छैन । थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानी अपनाइएको छ । बाहिरबाट आउने व्यक्तिबाट हुने सङ्क्रमण रोक्न सकिएमा जिल्लालाई कोरोनाबाट सुरक्षित राख्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com