Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

  • ६ वर्ष अगाडि

दार्चुला, वैशाख १७ गते। लकडाउनका कारण विगत एक हप्ताको अवधिमा दार्चुलामा ७१ जना भित्रिएका छन् ।

मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन् । पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली नगरपालिका–९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन् ।

भारतको मदकोट क्षेत्रमा काम गरी फर्किएका बैतडी डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी–३ का खेमराज बोहरा, रमेश बोहरा, ईश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, बलवीर बोहरा, डिलाशैनी–७ का वीरबहादुर कार्की, पूर्चौडी नगरपालिका–१० का कर्णबहादुर विष्ट र दार्चुला नौगाड– ६ का वीरेन्द्र ठगुन्नाले ट्युब तरेर नेपाल भित्रिएका छन् ।

धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिर्न बाध्य छन् । मङ्गलबार मात्र आठ नेपाली व्यास गाउँपालिका–१ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन् । वैशाख १० गते नौ, १२ गते पाँच, १३ गते ३४, १६ गते आठ र १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको छ । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेका प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com