Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउनका वेला स्वस्थ रहने ४ उपाय

  • ३ वर्ष अगाडि

कोरोनाको कहरले मानिसको दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ । अफिस, स्कुल, व्यापार सबै ठप्प भएका कारण एउटा रुटिनमा चलेको जीवनमा ब्रेक लागेको छ । अहिले घरैमा बसिने हुँदा शारीरिक–मानसिक सक्रियता कम हुन्छ । निश्क्रिय जीवनशैलीले रोग निम्त्याउन सक्छ । यस्तो अवस्थामा स्वस्थ रहने केही उपाय यी हुन सक्छन् :
– लकडाउनको अवधिमा व्यक्तिगत क्रियाकलाप घरभित्रै सीमित छन् । यतिवेला अधिकांशको समय खाने र सुत्नेमै बितिरहेको हुन सक्छ । अत्यधिक मसलेदार र चिल्लो–पिरो खानाले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । तसर्थ, सकेसम्­म खानामा सन्तुलन मिलाउने र पौष्टिक आहारको सेवन गर्नु उचित हुन्छ ।

– अहिले जिम तथा व्यायाम केन्द्र बन्द छन् । यद्यपि, घरमै रहेर पनि साधारण अभ्यास गर्न सकिन्छ । बिहानीपख सामाजिक दूरी कायम राखेर केही घन्टा दौडने, साइकल चलाउने र हिँडडुल गर्न सकिन्छ । घरायसी कामकाजमा संलग्न रहँदा पनि शरीरलाई सकारात्मक ऊर्जा पैदा हुन्छ ।

– कार्यालय, स्कुल, कलेज जान नपर्ने र राति अबेरसम्म सामाजिक सञ्जालमा बस्ने गर्दा अधिकांशको दैनिकी बिहान ढिलो उठ्ने भइरहेको हुन सक्छ । तर, राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने गरेमा शारीरिक–मानसिक दुवै हिसाबबाट फाइदाजनक हुन्छ । बयस्क व्यक्तिले सातदेखि आठ घन्टा निदाउनुपर्छ । ढिलो सुत्ने र ढिलै उठ्ने बानीले मुटु, डायबेटिज, ब्रेन ह्यामरेजलगायत गम्भीर स्वास्थ समस्या निम्तिन सक्छन्।

– कोरोनाको त्रास, अस्तव्यस्त दैनिकी र लामो समय घरभित्रै रहँदा मनस्थितिमा तालमेल रहँदैन । यस्तो समयमा फ्रेस हुनका लागि नजिकका साथीभाइसँग गफगाफ, योग गर्ने र अनलाइन थेरापी लिन सकिन्छ । सिर्जनात्मक कार्यमा पनि व्यस्त रहन सकिन्छ ।साभार:नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेमसङ्घको अध्यक्षमा टुका हमाल

गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन

‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

असिनाले बाली नष्ट : किसान चिन्तित

मलेसियामाथि नेपालको सानदार जित

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com