Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीका सबै जिल्ला अस्पतालमा आइसियु

  • ६ वर्ष अगाडि

पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका जिल्ला अस्पतालहरुमा सघन उपचार कक्ष (आइसियु) निर्माणको काम सुरु गरिएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण गण्डकी प्रदेशमापनि देखिएपछि प्रदेश सरकारले आइसियु कक्ष निर्माणको काम सुरु गरेको हो ।
आइसियु कक्षको अभावमा हरेक जिल्लाका अस्पतालहरु रिफर सेन्टर जस्ता बनेकाले सबै जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउँनकोलागि आइसियु कक्ष निर्माणको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङमा दुई जना कोरोना भाइरस संक्रमित भेटिएपछि उनीहरुको उपचार भएको धौलागिरि अञ्चल अस्पतालमा आइसियु कक्ष निर्माण सम्पन्न गरिसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माकाअनुसार सबै जिल्लामा आइसियु कक्ष निर्माण गर्ने योजना अनुसार गण्डकी प्रदेश सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ । प्रदेशका ११ जिल्ला मध्य मनाङ र मुस्ताङका जिल्ला अस्पतालमा दुई÷दुई वेड र अन्य नौ जिल्लाका अस्पताललाई पाँच÷पाँच वेडको आइसियु कक्ष निर्माणका लागि बजेट विनियोजन गरिएको शर्माले जानकारी दिनुभयो ।
हालसम्म सरकारी अस्पताल मध्य पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्र आइसियु कक्ष रहेको र जटिल प्रकारका विरामी आउँदा जिल्ला अस्पतालबाट उपचार गर्न नसकिने अवस्था रहँदै आएको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिदै गएपछि प्रदेश सरकारले अस्पतालको सुधारमा विशेष ध्यान दिएको हो ।
केही साता अगाडि कोरोना भाइरसका दुई संक्रमितको उपचार गरिरहेको धौलागिरि अञ्चल अस्पताल पुगेर मुख्यमन्त्री गुरुङले अस्पतालको बारेमा जानकारी लिनु भएको थियो । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरहरुले कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था बिग्रेमा भेन्टिलेटर वा आइसियुमा राखेर उपचार गर्नुपर्ने र त्यो अहिले पोखरा बाहेक अन्य अस्पतालमा सम्भव नभएको बताएपछि आइसियु निर्माणमा प्रदेश सरकारले ध्यान दिएको थियो ।
बागलुङमा संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा आइसियु निर्माण सम्पन्न भएको र गोरखमा टेन्टर प्रक्रिया अगाडि बढेको निर्देशक शर्माले जानकारी दिनुभयो । ‘हामीले छिटो भन्दा छिटो आइसियु जडानको काम अगाडि बढाएका छौं, अहिले आइसियुका लागि प्राप्त १४ करोड रुपियाँ बजेट सामाजिक विकास मन्त्रालयले प्राप्त गरेको नियमित बजेट भन्दा फरक हो ।’ शर्माले भन्नुभयो । अस्पतालमा आइसियुको व्यवस्था हुँदा गम्भिर प्रकृतिका बिरामीको उपचारमा सहज हुने धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com