Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङेद्वारा १२ लाखको स्वास्थ्य सुरक्षा सामग्री सहयोग

  • ६ वर्ष अगाडि

बागलुङ । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सांसद डा सूर्य पाठक र गोविन्द सुवेदीलगायतले हस्तान्तरण गर्नुभयो । हस्तान्तरणपछि बोल्दै सांसद पाठकले धवलागिरि अञ्चल अस्पताल गण्डकी प्रदेशको मात्र नभएर देशकै नमूना अस्पताल बनाउने अभियानमा रहेको र यसमा प्रवासी नेपालीको ठूलो हात रहने बताउनुभएको थियो ।

बागलुङबाट विभिन्न देशमा प्रतिनिधित्व गर्ने प्रवासी समाजले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने रु१२ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको हो । अस्पताललाई १०५ पिपिइ सेट, थर्मलगन, मञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । बागलुङ समाज (जापान), बागलुङ सेवा समाज (कतार), बागलुङ समाज (स्पेन), बागलुङ समाज (पोर्तुगल), बागलुङ समाज (बेल्जियम), बागलुङ सेवा समाज (युएइ), बागलुङ समाज (कोरिया), बागलुङ समाज (क्यानडा), बागलुङ सेवा समाज (मलेशिया), बागलुङ युवा समाज (अष्ट्रेलिया) का साथै युएसए, बेलायत, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वेलगायतका विभिन्न देशमा बस्ने बागलुङेहरुको सहयोगमा रु १० लाख ३१ हजाररको स्वास्थ्य सुरक्षा सामग्री धवलागिरि अस्पताललाई र बिहुँकोट समाज जापानले काठेखोला गाउँपालिकालाई रु एक लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रवासी नेपालीहरुकै सहयोगमा झण्डै रु ७० हजार बराबरको सामग्री अस्पताललाई प्रदान गरिएको थियो । यसरी प्रवासीहरुले एकमुष्टरूपमा कोरोना रोकथामका लागि रु १२ लाख बराबरको सामग्री सहयोग गर्नुभएको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिनुभयो ।

अभियानको समन्वय स्पेनमा बस्दै आएका पर्यटन सद्भावना दूत एवं एनआरएनए युरोपका निवर्तमान उपसंयोजक एकराज गिरी, बेलायतबाट सामाजिक अभियन्ता कृष्णप्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गर्नुभएको थियो । यस्तै अभियानमा सूर्य हमाल र राज रेग्मीको विशेष सहयोग रहेको बताइएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका महासचिव पनि रहेका गिरीले राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझावअनुरुप आफूहरु सामाजिक काममा अगाडि बढिरहेको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको समेत उपस्थिति थियो । विदेशबाट प्राप्त रकमको नेपालमा समन्वय गोविन्द सुवेदी (लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष) ले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com