Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा

  • ६ वर्ष अगाडि

बागलुङ । कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराकोे विकास गरेका छन् ।

बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो (फुड अप्रेड ह्याण्ड वास औजार) निर्माण गरिएको छ । प्रोग्रेसिभ इन्जिनीयर एशोसिएसन नेपाल जिल्ला समितिको नेतृत्व र धौलागिरि क्षेत्रका इन्जिनीयरको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारा निर्माण गरिएको निर्माणमा सहभागी इन्जिनीयर गौरव शर्माले जानकारी दिनुभयो ।

निर्माण गरिएका खुट्टाले चलाउने धारा धौलागिरि अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट कोरोना भाइरसको सङ्ंक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

शुरुमा सेनिटाइजर टनेल निर्माण गर्न थाले पनि स्वास्थ्य मन्त्रालयले फूल बडी सेनिटाइजर टनेल स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भनेपछि खुट्टाले सञ्चालन गर्न मिल्ने धारा निर्माण गरिएको इन्जिनीयर थरेन्द्र्र पौडेलले जानकारी दिनुभयो । बढी मानिसको आवतजावत हुने अस्पताल, सरकारी कार्यालयलगायतका स्थानमा खुट्टाले चलाउने धारा उपयोगी हुने उहाँको भनाइ छ ।

धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने बायाँ खुट्टाले थिच्दा पानी खस्नेछ । हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधियुक्त धारा कोराना भाइरस रोकथामका लागि निकै उपयोगी हुने इन्जिनीयरको दाबी छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि बहु–उपयोगी हुने इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

धौलागिरि अञ्चलका इन्जिनीयरको पहलमा उक्त धारा निर्माण गरिएको हो । उक्त हात धुने औजार बागलुङ बजार श्रीनगरटोलमा रहेको श्री धौलागिरि सिभिल इलेक्ट्रिकल एण्ड मेकानिकल प्रालिमा निर्माण गरिएको हो । एउटा धारा निर्माणका लागि रु २५ हजार मात्र खर्च भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com