Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बागलुङमा निर्मित झोलुङ्गेपुल संसारकै लामो, गिनिज बुकमा दर्ता गराउँने तयारी

  • ३ वर्ष अगाडि

पोखरा, बैशाख २२ गते । संसारकै लामो दावी गरिएको बागलुङ– पर्वत दुई जिल्ला जोड्ने झोलुङ्गे पुललाई ‘गिनिज बुक अफ द वल्ड’मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । बागलुङको बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ अदुवावारी जोड्ने ५६७ मिटर लामो उक्त पुल सिङ्ल स्पानमा संसारकै लामो पुल दावी गर्दै गिनिज बुक अफ द वल्ड रेकर्डमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको हो ।

बागलुङ नगरपालिकाको नगर कार्यपालिकाको बैठकले सिङ्गल स्पानमा हालसम्म निर्माण गरिएका पुलहरु मध्य उक्त पुल संसारकै लामो भएको दावी सहित दर्ता प्रक्रिया सुरु निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीकै बेला निर्माण स्थललाई पूर्ण रुपमा बन्द गरेर सम्पन्न उक्त पुल बन्दाबन्दी खुल्दासाथ हस्तान्तरण गर्न लागिएको छ ।

बागलुङ र पर्वतको दुई ढिक जोड्नेगरी कालीगण्डकी नदी माथि निर्माण गरिएको ५६७ मिटर लामो र १३८ मिटर अग्लो पुलले विश्वकै ध्यान आकर्षण गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण कालीगण्डकी करिडोरको ठिक माथि निर्माण गरिएको उक्त पुलको विभिन्न भागमा रङ्गीचङ्गी वत्तिहरु जडान गरिने भएकाले रातको समयमा पुल आकर्षित बन्ने नगरप्रमुख पौडेलले बताउनुभयो । पुलबाट धौलागिरि हिमाल, प्रसिद्ध बागलुङ कालिका मन्दिर, पञ्चकोटलगायत पवित्रि कालिगण्डकी नदीका थुप्रैै भुभागहरु देख्न सकिन्छ ।

रङ्गीचङ्गी बत्ति जडान गरिने उक्त पुल वि.सं. २०७७ साल असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । पुल निर्माणको जिम्मा पाएको थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी नरहरी खड्काले पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु पहिलेनै राखिएको र कामदार समेत रहेकाले बन्दाबन्दीका बेलामा पुल निर्माण सकेर हस्तान्तरणको तयारी गरिएको बताउनुभयो ।

उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिनुभयो । झोलुङ्गे पुलको लठ्ठा बाहेक अन्य सामग्री खरिद तथा निर्माणका लागि छ करोड ९१ लाख रुपियाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको र कार्यालयले लठ्ठा खरिदका लागि दुइ करोड १८ लाख र ल्याव टेष्ट तथा अन्य कामका लागि करिब १६ लाख रुपियाँ खर्च भएको नेपालले बताउनुभयो ।

यस्तो प्रकृतिको पुल नेपालमा थुप्रै बनेपनि यति लामो पुल नेपालमा पहिलो पटक निर्माण भएको नेपालले बताउनुभयो । ‘हामीले यस्ता धेरै पुलहरु बनाएका थियौं, तर ३०० मिटर भन्दा लामो पुल मध्य यो सबैभन्दा लामो पुल हो, पुलको लठ्ठा तान्नका लागि केही समस्या हुने भएपछि चिनबाट लठ्ठा तान्ने मेसिन खरिद गरेर पुल निर्माणलाई अगाडि बढाएका थियौं ।’ नेपालले भन्नुभयो ।

हालसम्म लामाे मानिएकाे स्वीजरल्याण्डको ४९४ मिटर लामो पुल

पुल निर्माणपछि दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले बताउनुभयो । वि.सं. २०५९ सालदेखि नै पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएकोमा लम्बाई लामो हुने भन्दै निर्माण हुन नसकेकोमा चिनबाट लठ्ठा तान्ने प्रविधि भित्रिएसँगै पुल निर्माण भएको पौडेलले बताउनुभयो । ‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुल मध्य हालसम्म स्वीजरल्याण्डमा रहेको ४९४ मिटर लामो पुललाई संसारकै लामो पुल भनिएकाले यो पुल संसारकै लामो रहेको पौडेलले बताउनुभयो ।

हालसम्म लामाे मानिएकाे स्विजरल्याण्डकाे पुल सम्बन्धी समाचार

Longest Bridge in the World Opens in Switzerland

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki