Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी

  • ६ वर्ष अगाडि

सिड्नी, २३ वैशाख । कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् ।

अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ । हाल अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कोरोनाभाइरस संक्रमितको संख्या नगण्य बराबर मात्र छ ।

तर क्यानबेरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको बताउनुभयो ।

हाल जारी प्रतिबन्धहरुले हरेक साता करिब अढाई अर्ब अमेरिकी डलर बराबर नोक्सानी भइरहेको बताउँदै अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक कृयाकलापमा कमी आएको, उत्पादकत्व र उपभोगमा पनि कमी आएको जानकारी दिनुभयो ।

अस्ट्रेलियाको तथ्याँक ब्यूरोले यसै साता सार्वजनिक गरेको प्रतिबेदनमा पनि रोजगारीमा ७.५ प्रतिशत कटौती हुने उल्लेख छ । करिब एक करोड ३० लाख सक्रिय रोजगारीमध्ये झण्डै १० लाख व्यक्ति बेरोजगार हुनु परेको ब्यूरोको भनाई छ ।

सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन क्षेत्रमा झण्डै एक तिहाई व्यक्तिले रोजगारी गुमाएका छन् । कला र मनोरंजन क्षेत्रमा २७ प्रतिशत बेरोजगार भएका छन् । अर्थ मन्त्रालयले यसअघि कोरोनाभाइरसका कारण वर्षको मध्यमा बेरोजगारी दर १० प्रतिशत हुने अनुमान गरेको थियो । तथ्याँक ब्यूरोले पनि देशभर करिब ३१ प्रतिशत घरपरिवारको आर्थिक स्थिति कमजोर हुने आँकलन प्रस्तुत गरेको थियो । अस्ट्रेलियामा कोविड–१९ बाट संक्रमितको संख्या ६ हजार ८०० भन्दा बढी रहेको छ र ९६ जनाको मात्र ज्यान गएको छ । अस्ट्रेलियाका सिड्नी र मेलबोर्नमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com