काठमाडाै, बैशाख २४ गते । विश्वव्यापी माहामारीकाे रुपमा फैलिइरहेकाे काेराेना भाइरस काेभिड- १९ का सङ्क्रमितहरुकाे सँख्या दिनप्रतिदिन बढ्दै गइरहेकाे छ । पछिल्लाे पटक बिरगञ्जका १७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितकाे सँख्या ९९ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज बुधबार एकै दिनमा १७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे थियाे । सङ्क्रमित हुनेमा १० पुरुष र ७ जना महिला रहेकाे र ति मध्य एकजना दुइ महिनाकाे शिसु समेत रहेकाे देवकाेटाले जानकारी दिनुभयाे ।
सङ्क्रमित भएका मध्य अहिलेसम्म २२ जना निकाे भएर घर फर्कि सकेका छन भने तीन जना सङ्क्रमणबाट मुक्त भएर घर गएका पुन अस्पताल भर्ना भएका छन् । अहिलेसम्म नेपालमा भेटिएका सङ्क्रमितहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।