Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

  • ६ वर्ष अगाडि

काठमाडौँ ।
–नारायण न्यौपाने

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् ।

तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या १९ हजार ७३४ छ भने आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १३६ छ । रेडजोनमा रहनेको सङ्ख्या ३३३ रहेको छ ।

कोशी अस्पतालमा उपचारमा रहेका छ जना सङ्क्रमितको परीक्षण नेगेटिभ देखिएकाले उहाँहरु अस्पतालबाट बाहिरिनुभएको डा देवकोटाले जानकारी दिनुभयो । अस्पतालमा कोभिडको उपचारपछि घर फर्कनेको सङ्ख्या हालसम्म २२ पुगेको छ ।

काठमाडौँका अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमूना परीक्षण पोजेटिभ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ । वीरगञ्जबाट पठाइएको नमूना परीक्षणमा थप १७ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उहाँहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com