Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग

  • ६ वर्ष अगाडि

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन माग गरेको छ ।

पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा आज विज्ञप्ति जारी गर्दै सर्वसाधारणले सर्वसुलभ स्वास्थ्योपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यावहारिक भएको भन्दै अन्य विकल्प खोज्न माग गरिएको हो ।

“यो अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउँछ । त्यसैले यसको अन्य विकल्प खोजौँ”ं, विज्ञप्तिमा भनिएको छ । सर्वसाधारण नागरिकलाई सर्वसुलभ स्वास्थ्योपचार सेवाबाट वञ्चित गर्न नहुने भन्दै काँग्रेसले उक्त अस्पताललाई कोरोना अस्पताल बनाउँदा वार्षिक ओपिडीमा सेवा लिँदै आएका करिब तीन लाख नागरिक प्रभावित हुने भनेको छ ।

दैनिक २० देखि २५ ले सुत्केरी सेवा, करिब २०० ले इमर्जेसी उपचार सेवा र ५०० जनाले प्रयोगशालासम्बन्धी सेवा लिने गरेको तथा मासिक एक हजार २०० एचआइभी सङ्क्रमितको उपचार र हप्तामा ११० जनाको डायलाइसिस सेवा प्रदान गर्ने अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने काँग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अस्पतालमा सेवारत करिब ३०० जना कर्मचारीको रोजगारीमा समेत खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अझै पनि स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिइ उपलब्ध गराउन नसकेकाले तत्काल त्यसको व्यवस्था गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरिएको छ ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदा लक्षित वर्गको पहुँचमा राहत पुग्न नसकेको भन्दै विज्ञप्तिमा जनतालाई छिटो छरितो राहत उपलब्ध गराउन र वितरण गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थालाई नरोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा सर्वसुलभरुपमा कृषकलाई बीउबिजन र मल उपलब्ध गराउन पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com