Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग

  • ३ वर्ष अगाडि

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन माग गरेको छ ।

पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा आज विज्ञप्ति जारी गर्दै सर्वसाधारणले सर्वसुलभ स्वास्थ्योपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यावहारिक भएको भन्दै अन्य विकल्प खोज्न माग गरिएको हो ।

“यो अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउँछ । त्यसैले यसको अन्य विकल्प खोजौँ”ं, विज्ञप्तिमा भनिएको छ । सर्वसाधारण नागरिकलाई सर्वसुलभ स्वास्थ्योपचार सेवाबाट वञ्चित गर्न नहुने भन्दै काँग्रेसले उक्त अस्पताललाई कोरोना अस्पताल बनाउँदा वार्षिक ओपिडीमा सेवा लिँदै आएका करिब तीन लाख नागरिक प्रभावित हुने भनेको छ ।

दैनिक २० देखि २५ ले सुत्केरी सेवा, करिब २०० ले इमर्जेसी उपचार सेवा र ५०० जनाले प्रयोगशालासम्बन्धी सेवा लिने गरेको तथा मासिक एक हजार २०० एचआइभी सङ्क्रमितको उपचार र हप्तामा ११० जनाको डायलाइसिस सेवा प्रदान गर्ने अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने काँग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अस्पतालमा सेवारत करिब ३०० जना कर्मचारीको रोजगारीमा समेत खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अझै पनि स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिइ उपलब्ध गराउन नसकेकाले तत्काल त्यसको व्यवस्था गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरिएको छ ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदा लक्षित वर्गको पहुँचमा राहत पुग्न नसकेको भन्दै विज्ञप्तिमा जनतालाई छिटो छरितो राहत उपलब्ध गराउन र वितरण गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थालाई नरोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा सर्वसुलभरुपमा कृषकलाई बीउबिजन र मल उपलब्ध गराउन पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki