Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोभिड–१९ को प्रभाव र समाधानको वैज्ञानिकका लागि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने

  • ६ वर्ष अगाडि

काठमाडौँ ।विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ ।

‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खोजीको ४८ घण्टे अवधिमा, विश्वभरिका सहभागीले भर्चुअल टोली सिर्जना गर्नेछन् । कोभिड–१९ महामारीसम्बन्धी मुद्दाको समाधान गर्न पृथ्वी अवलोकनसम्बन्धी तथ्याङ्क प्रयोग गरिने जनाइएको छ ।

कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीलाई आह्वान गरिएको उहाँले बताउनुभयो । वैज्ञानिक खोजको चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्याङ्कलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञलाई सोसाइटीले आह्वान गरेको छ ।

अन्तरिक्षबाट प्राप्त तथ्याङ्कका आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन, स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधान, कोभिड–१९ को पृथ्वी प्रणालीमा प्रभाव, कोभिड–१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र समाधानको अवस्थाका बारेमा पनि खोजीका क्रममा अध्ययन गरिनेछ ।

कार्यक्रमका लागि वैशाख ३० गते विश्वव्यापीरुपमै दर्ता खुला गरिने जनाइएको छ । नेपालमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले इनोवेट नेपाल समूह (आइएनजी) सँगको सहकार्यमा गत वर्षदेखि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ गर्न थालेको हो । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासा नासो कार्यालयमा सम्पर्क गरी लिन सकिने सोसाइटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com