Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

कोभिड–१९ को प्रभाव र समाधानको वैज्ञानिकका लागि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने

  • ३ वर्ष अगाडि

काठमाडौँ ।विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ ।

‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खोजीको ४८ घण्टे अवधिमा, विश्वभरिका सहभागीले भर्चुअल टोली सिर्जना गर्नेछन् । कोभिड–१९ महामारीसम्बन्धी मुद्दाको समाधान गर्न पृथ्वी अवलोकनसम्बन्धी तथ्याङ्क प्रयोग गरिने जनाइएको छ ।

कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीलाई आह्वान गरिएको उहाँले बताउनुभयो । वैज्ञानिक खोजको चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्याङ्कलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञलाई सोसाइटीले आह्वान गरेको छ ।

अन्तरिक्षबाट प्राप्त तथ्याङ्कका आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन, स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधान, कोभिड–१९ को पृथ्वी प्रणालीमा प्रभाव, कोभिड–१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र समाधानको अवस्थाका बारेमा पनि खोजीका क्रममा अध्ययन गरिनेछ ।

कार्यक्रमका लागि वैशाख ३० गते विश्वव्यापीरुपमै दर्ता खुला गरिने जनाइएको छ । नेपालमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले इनोवेट नेपाल समूह (आइएनजी) सँगको सहकार्यमा गत वर्षदेखि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ गर्न थालेको हो । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासा नासो कार्यालयमा सम्पर्क गरी लिन सकिने सोसाइटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki