Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मध्यपहाडी लोकमार्गको काम धमाधम

  • ५ वर्ष अगाडि

पर्वत । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगन भएको मध्यपहाडी लोकमार्गको काम सञ्चालन भएको छ । सरकारले बाहिरबाट श्रमिक नल्याइ जिल्लाभित्रै रहेर काम गरिरहेकामार्पmत सडकको काम सम्भव भएसम्म सञ्चालन गराउने भनेपछि सोही आधारमा लकडाउनको समयमा सडकको काम चलिरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापामगरले बताउनुभयो । अहिलेको अवस्थामा पहिलेको रफ्तारमा काम नहुने भए पनि उपलब्ध स्रोत र मजदुरलाई नै प्रयोग गरेर काम सञ्चालन भइरहेको हो ।

ठेकेदार कम्पनी लामा कन्स्ट्रक्शनले लकडाउनका कारण घर फर्किन नसकेकालाई नै काममा लगाएको छ । लोकमार्गअन्तर्गत पर्वतको खरेहामा कल्भर्ट निर्माण, पातीचौरमा चक्लाबन्दी तथा बेतेनी र चुवामा भिर कटानको काम भइरहेको छ ।

आयोजना कार्यालयका अनुसार लोकमार्गअन्तर्गत पर्वतमा २४ किलोमिटरको सडकको काम हुन्छ । अधिकांश ठाउँमा सबै काम सकेर कालोपत्रको तयारी अवस्थामा राखिएको छ । लकडाउनका कारण झण्डै डेढ महिनासम्म काम हुन नपाउँदा सडक निर्माणको रफ्तार निकै घटेको भए पनि हालसम्म झण्डै ६५ प्रतिशत काम पूरा भएको छ । आयोजना प्रमुख थापामगरले पर्वतमा गर्नुपर्ने २४ किलोमिटरको काममध्ये चार किमीमा कालोपत्रको काम सकिएकाले अब बाँकी रहेको २० किमी सक्न झन्डै तीन महिना लाग्न सक्ने बताउनुभयो । निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शनले ७५ कामदारलाई सामाजिक दूरी कायम गराएर काममा लगाएको छ ।

यसैबीच लकडाउनका कारण बाहिरबाट निर्माण सामग्री ल्याउन नपाउँदा काम सञ्चालन भएको भए पनि समस्या भने भइरहेको छ । स्थानीयस्तरबाट उपलब्ध हुनसक्ने सामग्रीको अभाव नभए पनि आयात गर्नुपर्ने सामग्रीका कारण सडकको काम लम्बिएको छ । बाहिरबाट सामान ल्याउन परिस्थिति सहज नभएको, ठाउँ–ठाउँमा पास बनाउन झन्झट रहेको लगायतका कारण बाहिरबाट सामग्री ल्याउन नसकिएको हो ।

लोकमार्गको बागलुङ खण्डमा भने लकडाउनकै अवधिमा पनि झण्डै पाँच किलोमिटर सडक कालोपत्र भएको छ । यद्यपि यो बेलासम्म १७ किलोमिटर पूरा गर्ने लक्ष्य राखिएको थियो । आगामी भदौ ३० गतेसम्म सक्नेगरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्शनले तोकिएकै समयमा काम सक्नेगरी करिब ९०० कामदार परिचालन गरेको भए पनि अहिले कोरोनाको त्रासका कारण कामदार घटेको कन्स्ट्रक्शनका प्रबन्धक गोविन्द भुसालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

अवैध लागूऔषधसहित १० जना पक्राउ

ताजा समाचार

गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ट्रेन्डिङ

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com