Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठमाडौँ उपत्यकामा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढ्यो

  • ६ वर्ष अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो ।

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । केही महिनादेखि काठमाडौँ उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन् ।

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताउनुभयो । कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन् । उहाँले भन्नुभयो, “आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन् ।”

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्काे स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन् । कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन् । बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन् । बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले झण्डै पाँचदेखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ । अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ ।”

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मङ्गलबार काठमाडौँ र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो । बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए । कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना सङ्कलन भइरहेको डा राजभण्डारीले बताउनुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रुपमा नमूना सङ्कलन भइरहेको छ । उहाँले भन्नुभयो, “कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ ।”

यो महिनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पिसिआर परीक्षण हुने गरेको छ । सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पिसिआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडिटी परीक्षण भइरहेको उहाँले बताउनुभयो । अहिले सुरक्षाकर्मीहरु पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरुकै अस्पतालमा गर्दा राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसो गर्दा यहाँ आउनेहरु छरिन सक्छ ।”

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ । व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उहाँको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौँ बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ ।

अस्पतालमा आइसियू २० श्यया र आइसोलेशन ३० वटा रहेको छ । अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ । प्राविधि समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेशनमा अहिले १८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com