Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न

  • सञ्चिता घिमिरे
  • ६ वर्ष अगाडि

काठमाडौँ । सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र पुल निर्माण गरिएको सडक विभागले जनाएको छ ।

चैत महिनामा कतिपय आयोजना निर्माण सुस्त र कतिपयमा ठप्प भए पनि वैशाखमा झण्डै २५० स्थानमा निर्माण शुरु गरिएको थियो । जेठमा दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहँदा निर्माणको काम गर्न गाह्रो भएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार वर्षाअघि निर्माण नसकिँदा थप क्षति पुग्ने स्थानमा निर्माण भइरहेको थियो । विभागले वर्षाअघि गर्नैपर्ने अलपत्र आयोजनामा काम शुरु गरेको थियो । असारसम्ममा सक्ने लक्ष्य राखिएकोमध्ये आधामात्रै गर्न सकिने अवस्थामा छन् । उहाँले भन्नुभयो, “नागरिकमा त्रास रहेका कारण गर्नैपर्छ भन्ने अवस्था पनि छैन ।”

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सडक र पुल निर्माण र मर्मत भइरहेको छ । डिभिजन सडक कार्यालयले निर्माणसँगै मर्मत गरिरहेको छ भने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तारित सडकमा पूर्वाधार निर्माण अघि बढाएको थियो । अहिले उपत्यकामा पनि निर्माण सामग्री अभावका कारण धेरै दिनसम्म काम गर्ने वातावरण नरहेको महानिर्देशक शर्माले बताउनुभयो । यस अवधिमा विभिन्न स्थानमा ‘ओभर ले’ भए पनि अब निर्माण सामग्रीको अभाव देखिन थालेको छ । उहाँले भन्नुभयो, “अहिले बाँकी रहेको निर्माण सामग्रीले दुईचार दिनमात्रै काम गर्न सकिने अवस्था छ ।”

चालू आवको झण्डै दुई महिना बाँकी रहे पनि निर्माणाधीन धेरै स्थानमा सम्पन्न हुने अवस्था नरहेको विभागले जनाएको छ । कोभिड–१९ सङ्क्रमण नदेखिएका कतिपय स्थानमा पनि प्रि–मनसुनका कारण काम गर्न कठिन हुनसक्ने देखिएको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयले पनि विकास निर्माणका लागि दिइँदै आएको पासमा कडाइ गरेको छ । आमसमुदायमा कोभिड–१९ को त्रासका कारणले पनि निर्माण गर्न कठिन रहेको महानिर्देशक शर्माले बताउनुभयो । निर्माणाधीन आयोजना रहेका स्थानमा आमनागरिकबाट विरोध हुन थालेको छ । निर्माण सामग्री लिन जाँदादेखि निर्माणको काम गर्दासम्म चालक, मजदुर र कर्मचारीसँग समुदायले शङ्का गर्ने गरेको पाइन्छ । उहाँले भन्नुभयो, “काम गर्ने परिस्थिति नभएकाले चालू आवमा भौतिक प्रगति अब त्यति धेरै बढाउन सकिँदैन ।”

विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक र पुल निर्माण भएको हो । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माण भएको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगिमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ ।

विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दीको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये तत्काल गर्न आवश्यक आयोजनाको काम अघि बढिरहेका छन् ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com