Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विदेशमा रहेका नेपाली ल्याउन कार्ययोजना बन्दै

  • ६ वर्ष अगाडि

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको प्रष्ट्याएको छ । समितिका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाबारे विभिन्न निकायसँग छलफल भइरहेको र अन्तिम रुप दिनेबित्तिकै सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।
समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालनलगायतको प्रस्तावमाथि छलफल भएको हो । छलफलपछि सचिव बिडारीले भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचारलगायत निजी भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको बताउनुभयो ।
विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैलन नदिने र आउनेलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिनुभयो ।
उक्त योजना परिमार्जित, परिष्कृत र अन्तिम रुप लिइसकेपछि सञ्चारकर्मीलाई जानकारी गराइने उहाँले बताउनुभयो । त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइँदैछ । गोरखापत्र दैनिकमा बाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com